न्युयोर्कमा ४ जना टिनएजरको ज्यान जानेगरी भएको कार दुर्घटना टिकटक बनाउने क्रममा


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

black SUV near grass and trees

सोमबार न्युयोर्कको बफेलोको रुट १९८ र्‍याम्प नजिकै ४ जना टिनएजरको ज्यान जानेगरी भएको कार दुर्घटना एउटा टिकटक च्यालेन्जका क्रममा भएको खुलासा भएको छ । उक्त कार दुर्घटनामा १४ देखि १७ बर्षका ४ जनाको मृत्यु भएको थियो भने एकजना घाइते टिनएजरलाई अस्पतालमा भर्ना गरिएको थियो ।

कार चोरेर टिकटक बनाउने एउटा च्यालेन्जका क्रममा यो दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा संलग्न गाडी आइतबार राति बफेलोबाट चोरी भएको थियो । अत्यधिक गतिका कारण दुर्घटना भएको थियो भने अत्यधिक गतिका कारण गाडी पर्खालमा ठोकिएको थियो ।

उनीहरुले किया च्यालेन्ज पूरा गर्न खोज्दा कार दुर्घटना भएको जनाइएको छ । यो टिकटक ट्रेण्डले दर्शकहरूलाई किया र हुण्डाई कसरी चोर्ने भनेर देखाउँछ । बफेलोका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले टिकटकको यो ट्रेण्ड भाइरल भएपछि कार चोरीमा वृद्धि भएको देखिएको जनाएका छन् ।

उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनालाई अस्पातालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । एक जना अझै आईसीयुमा रहेका छन् । गाडी चलाउने बफेलोकै १६ वर्षीय टीनएजर प्रहरी हिरासतमा रहेका छन् ।

कारमा सवार ६ जनामध्ये ५ जना गाडीबाट बाहिर उछिट्टिएका थिए । सबै पाँच जना गाडीको सिसाको छतबाट बाहिर उछिट्टिएका थिए । चालकमात्र गाडीबाट बाहिर उछिट्टिएका थिएनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com