उडानका क्रममा यात्रुले विमानको बाथरुममा चुरोट पिएर रद्दीको टोकरीमा फाल्दा आगलागी


प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार

shallow focus photography of people inside of passenger plane

एक इजरायली यात्रुले शुक्रबार बैंकक आउदै गरेको उडानमा विमानको बाथरूममा चुरोट पिएर रद्दीटोकरीमा फाल्दा आगलागी भएको एयरलाइन्सले जनाएको छ। तेल अभिभबाट आउदै गरेको एल अल एयरलाइन्समा घटना भएको जनाइएको छ ।

यात्रुको चुरोटको ठूटोले ट्वाइलेट पेपर र रद्दीटोकरी भित्रका टिस्युहरूमा आगो लागेको थियो । उडान परिचारकहरू र विमानका कप्तानहरूले आगो निभाउनका लागि निभाउने उपकरणहरू प्रयोग गर्नुपरेको थियो । यसबाट कुनै क्षति भने नभएको एयरलाइन्सले जनाएको छ ।

उडान निर्धारित समय अनुसार जारी रहेको थियो भने बैंकक एयरपोर्टमा सुरक्षित अवतरण भएको थियो । यात्रुले थाइल्याण्डबाट इजरायल फर्केपछि कानुनी कारबाहीको सामना गर्नुपर्नेछ ।

एयरलाइन्सले यस मामिलामा थाई स्थानीय पुलिसलाई संलग्न गराएनन् । विमान चालक दलले आगोलाई तुरुन्तै निभाउदा विमानमा कुनै क्षति नभएको हो । विश्वव्यापी रूपमा लगभग सबै एयरलाइन्स र अधिकांश सरकारहरूले उडानमा धुम्रपान निषेध गर्छन्।

गत महिना इजरायलको तेल अभिभबाट रोमानियाको बुखारेस्टको लागि ढिलाइ भएको वीज एयरको उडानमा एक यात्रुले चुरोट पिउन चाहने घोषणा गरेका थिए । त्यसपछि पाइलटले पुलिसलाई बोलाउनुपरेको थियो ।

उनले आफू चुरोट पिउन चाहने जिद्दी गरेका थिए । चार घण्टासम्म विमानमा बस्नुपरेको भन्दै आफू बिरामी भएको र आफूसँग गाँजा समेत भएकाले आफूलाई गाँजा खाने अनुमति भएको उनले दावी गरेका थिए । यद्यपी प्रहरीले विमानबाट कसैलाई पनि हिरासतमा लिएन वा हटाएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com