न्युयोर्क हाईस्कूलमा १८ बर्षका एसियन विद्यार्थीमाथि १७ बर्षीय विद्यार्थीबाट छुरा प्रहार


प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार

न्युयोर्कको युटिकास्थित प्रोक्टर हाई स्कूलमा सोमबार एक १८ वर्षीय एसियन विद्यार्थीलाई सोही कक्षामा पढ्ने १७ वर्षीय विद्यार्थीले छुरा प्रहार गरेका छन् । घटनापछि स्कूलमा पुलिसको उपस्थिति बढेको थियो भने हप्ताको बाँकी समय विद्यालय बन्द गरिएको छ ।

भिडियो अनुशार घटना विद्यालयको पहिलो तल्लाको हलवेमा बिहान १० बजेर ५० मिनेटमा भएको थियो । झगडाको सूचना पाएका शिक्षकहरूले १७ वर्षीय विद्यार्थीले १८ वर्षीय पीडितलाई छुरा प्रहार गरेको देखेका थिए।

शिक्षकहरूले उनीहरूलाई छुट्याउन र आक्रमणकारीलाई निशस्त्र पार्न सफल भएका थिए । ढाड र हातमा पटक पटक छुरा प्रहार गरी घाइते भएका विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उनको चोट ज्यान जोखिममा राख्ने खालको छैन ।

आक्रमणकारीलाई सी श्रेणीको अपराधमा आक्रमणको प्रयासको आरोप लगाइएको छ । जसलाई हतियारको आपराधिक कब्जाको एक दुष्कर्म मानिन्छ। युटिका प्रहरी विभागको अपराध अनुसन्धान महाशाखा र जुभेनाइल एड यूनिटले घटनाको अनुसन्धान गरिरहेको छ ।

युटिका सिटी स्कूल डिस्ट्रिक्टले विद्यालय वर्षको सुरुमा प्रत्येक भवनमा हतियार पत्ता लगाउने प्रणाली स्थापना गरेपनि कसरी चक्कु भवनमा लगियो कुराले विद्यालयका अधिकारीहरूलाई अन्योलमा पारेको छ।

पुलिसले आक्रमणकारीको अन्तर्वार्ता लिइरहेको छ र स्कूलमा कसरी हतियार ल्याइयो भन्ने बारे जानकारी लिन प्रयास गरिरहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com