अब पावरबल १ दशमलव ५ बिलियन, ट्याक्स काट्दा जित्नेको खातामा आउँछ झण्डै ४ सय मिलियन


प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार

Khasokhas

कसैले पनि बुधबार रातिको बिलियन डलरको पावरबल ड्र जित्न सकेन । अर्को ड्रको लागि ज्याकपटक अब लगभग १ दशमलव ५ बिलियन डलर पुगेको छ । यद्यपि कुनै पनि भाग्यशाली विजेताले ठूलो रकम करमा तिर्नुपर्नेछ भने हेडलाइन भन्दा धेरै कम रकममात्र पुरस्कारका रुपमा घर लैजानेछ।

पावरबल लोटरी विजेताहरूले एकमुष्ठ पुरस्कार प्राप्त गर्ने वा २९ बर्षमा ३० पटकगरी पुरस्कार प्राप्त गर्ने योजनाबीच छनौट गर्न सक्छन् । एकमुष्ठ भुक्तानी चर्चा गरिएभन्दा कम हुन्छ तर अधिकांशले एकमुष्ठ भुक्तानीकै विकल्प रोज्छन् । जुन अब ७४६ मिलियन डलर हुनेछ ।

उक्त रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ, जुन १७९ मिलियन हो । यो रकम घटाउँदा अब बाँकी रहन्छ ५६७ मिलियन । तर ट्याक्सको श्रृंखला यत्तिमा सिमित हुँदैन । एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशत पनि तिर्नुपर्छ । जसको अर्थ यो रकमबाट थप ९७ मिलियन छुट्याउनु पर्ने हुन्छ । त्यसपछि समग्र पुरस्कार ४७० मिलियनमा झर्छ ।

त्यसपछि राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ । उक्त करको दर विजेता कहाँ बस्छन् र उनीहरूले जित्ने टिकट कहाँ किनेका थिए भन्ने आधारमा निर्धारण हुन्छ । न्युयोर्कमा ८ दशमलव ८२ प्रतिशत राज्यलाई र ३ दशमलव ८७६ प्रतिशत सिटीलाई बुझाउनुपर्छ । त्यसपछिको झण्डै ४ सय मिलियनमात्र विजेताको खातामा बच्नेछ ।

वार्षिक भुक्तानीको लागि छनौट गर्ने विजेताले प्रति वर्ष लगभग ५० मिलियन प्राप्त गर्न सेट गरिएको छ । यद्यपि यो संघीय करहरूद्वारा ३१ दशमलव ५ मिलियनमा घटाइनेछ । त्यो बाहेक राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com