यसपटक ट्याक्स फाइल गर्दा ६ हजार ९ सय ३५ डलरसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट


प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार

fan of 100 U.S. dollar banknotes

कर वर्ष २०२२ को लागि कर कटौतीमा केही ठूला परिवर्तनहरू भएका छन् । २०२३ मा फाइल गरिने ट्याक्सका सन्दर्भमा यी परिवर्तनहरु लागु हुने भएका छन् ।

चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटमा परिवर्तनहरू सहित फाइलिङका लागि केही क्रेडिटहरू उल्टाइनेछ भने केही सकिनेछन् । चाइल्ड ट्याक्स क्रेडिटमा अब २०२१ को नियम लागु हुनेछैन । २०२२ मा चाइल्ड ट्रयाक्स क्रेडिट दाबी गर्दा डिपेन्डेन्ट १७ बर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

हरेक बच्चाको क्रेडिट २ हजार डलरसम्म हुनेछ । ४ लाखसम्म आम्दानी भएका दम्पत्ति र २ लाखसम्म आम्दानी भएका एकलले क्रेडिटको सम्पूर्ण अंश पूरा गर्नेछन् । आयकर तिर्न नपर्नेहरुले १४ सय डलरसम्म चाइल्ड ट्याक्स क्रेडिट दावी गर्न सक्नुहुनेछ ।

२०२१ को नियममा ६ बर्षसम्मको बच्चाको सन्दर्भमा ३६ सय डलरसम्म, ६ देखि १७ बर्षसम्मकाहरुको सन्दर्भमा ३ हजार डलरसम्म दावी गर्न सकिने नियम थियो । साथै १७ बर्षभन्दा माथिका डिपेन्डेन्टका हकमा समेत दावी गर्न सकिने नियम थियो ।

साथै आयकर तिर्न नपर्नेहरुले पनि पूरै चाइल्ड ट्याक्स क्रेडिट दावी गर्न सक्ने प्रावधान थियो । आगामी ट्याक्स फाइल गर्दा यसमा परिवर्तन गरिएको हो । २०२१ मा १ लाख ५० हजारसम्म आम्दानी हुने दम्पत्ति, ७५ हजारसम्म आम्दानी हुने एकल र १ लाख १२ हजार ५ सयसम्म आम्दानी हुने घरमूलीले पूरै क्रेडिट दावी गर्न सकिने प्रावधान थियो । अहिले यो आम्दानीको मापदण्ड बढाइएको छ ।

आगामी ट्याक्स फाइल गर्दा बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिटका सन्दर्भमा कर फाइल गर्नेहरुले १३ वर्ष मुनिका एक बच्चा वा असक्षम पति वा आमाबाबुको लागि बाल हेरचाह खर्चको ३ हजार डलरमा ३५ प्रतिशत क्रेडिट प्राप्त गर्न सक्छन्। वैकल्पिक रूपमा कर फाइल गर्नेहरुले दुई वा बढी आश्रितहरूको हेरचाह खर्चमा ६ हजार डलरमा ३५ प्रतिशत क्रेडिट प्राप्त गर्न सक्छन्। यदि तपाइँको एडजस्टेड ग्रस आम्दानी १५ हजार डलरभन्दा बढी छ भने क्रेडिट रकम घट्छ ।

black Android smartphone near ballpoint pen, tax withholding certificate on top of white folder

गतबर्षको ट्याक्स फाइल गर्दा फाइलरहरूले १३ वर्ष मुनिका एक बच्चा वा असक्षम पति वा आमाबाबुको हेरचाह खर्चमा ८ हजार डलरमा ५० प्रतिशत क्रेडिट प्राप्त गर्नसक्ने प्रावधान थियो । वैकल्पिक रूपमा फाइलरहरूले दुई वा बढी आश्रितहरूको हेरचाह खर्चमा १६ हजार डलरमा ५० प्रतिशत क्रेडिट प्राप्त गर्न सक्ने प्रावधान थियो । यदि तपाइँको तपाइँको एडजस्टेड ग्रस आम्दानी १ लाख २५ हजारभन्दा बढी भएमा मात्र क्रेडिट रकम घट्ने प्रावधान थियोृ । यो नियम यसपटक हटाइएको छ ।

अर्नड इन्कम ट्याक्स क्रेडिटका सन्दर्भमा गतबर्षको ट्याक्स फाइल गर्दा बालबच्चा नभएका १९ देखि २५ बर्षभित्रका वा ६५ बर्षमाथिका ट्याक्स फाइल गर्नेहरु पनि यो क्रेडिटका लागि योग्य रहेकोमा यसपटक उनीहरु योग्य हुनेछैनन् । गतबर्ष बच्चा नहुने सबै उमेरका व्यक्ति योग्य थिए । तर २५ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा कम उमेरका बालबच्चा नहुनेहरु पनि अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि यसपटक पनि योग्य हुनेछन् ।

गतबर्ष यो क्रेडिट लिनका लागि पहिलेका बर्षहरुको आम्दानी प्रयोग गर्न सकिने भएतापनि यसपटक भने विगतका बर्षको आम्दानी प्रयोग गर्न सकिनेछैन, २०२२ कै आम्दानी प्रयोग गर्नुपर्नेछ । तर गतबर्ष ३ वा त्योभन्दा बढी बच्चा हुनेले ६ हजार ७ सय २८ डलरसम्म पाउनसक्ने भएकोमा यसपटक भने ६ हजार ९ सय ३५ डलरसम्म पाउनसक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com