एरिजोनामा केली विजयी, सिनेटमा डेमोक्र्याटस् र रिपब्लिकनका ४९/४९ सिट, नजर जर्जिया र नेभाडातिर


प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार

wiki

एरिजोनामा डेमोक्रेटिक सिनेटर मार्क केली विजयी भएपछि अब सिनेटमा रिपब्लिकन र डेमोक्र्याट्सको सिट संख्या ४९/४९ पुगेको छ । अब सिनेटमा नियन्त्रण कायम गर्नका लागि डेमोक्र्याट्सले १ सिट र रिपब्लिकनले २ सिट जित्न आवश्यक छ । उपराष्ट्रपतिले टाइब्रेकर मत दिन पाउने भएकाले डेमोक्र्याटस्ले १ सिट जितेपनि नियन्त्रण कायम हुनेछ ।

अब सबैको नजर जर्जिया र नेभाडातिर रहेको छ । जर्जियामा डिसेम्बर ६ मा दोश्रो चरणको चुनाव हुने भएको छ भने नेभाडामा ९३ प्रतिशत मत गणना हुँदा रिपब्लिकन उम्मेदबार झिनो मतले अगाडि छन् । यो समाचार तयार पार्दासम्म रिपब्लिकन उम्मेदबार झण्डै ८ सय मतले अगाडि रहेका छन् । सिनेटमा नियन्त्रण कायम गर्न अब रिपब्लिकनले नेभाडा र जर्जिया जित्न आवश्यक हुन्छ ।

एरिजोनामा मार्क केलीका समर्थकहरु ।

जर्जियामा डेमोक्रेटिक उम्मेदबारको अग्रता रहेपनि कुनै पनि उम्मेदबारले ५० प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको हो । सिनेटमा कुन दलको नियन्त्रण कायम हुने भन्ने कुराको निर्धारण जर्जियाले गर्ने अनुमान गरिएको छ । नेभाडा र जर्जियामा यस अगाडि डेमोक्र्याट्सले जितेकाले यसपटक रिपब्लिकनले त्यसलाई उल्टाउन सक्छन् वा सक्दैनन् , त्यसको लागि केहीदिन प्रतिक्षा गर्नुपर्ने भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com