न्युयोर्कको चिडियाखानामा जन्मिए दुर्लभ जुम्ल्याहा हात्ती, अमेरिकामा पहिलोपटक
प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार
न्युयोर्कको सिराक्यूजको रोसामन्ड गिफोर्ड चिडियाखानामा जुम्ल्याहा एसियाली हात्ती जन्मिएका छन् । जसलाई चिडियाखानाले चमत्कार भनिरहेको छ।
आमाबाबु माली र डकका सन्तानका रुपमा जुम्ल्याहा हात्ति जन्मिएको र दुबै राम्रो अवस्थामा रहेको जनाइएको छ । यो चिडियाखाना र समुदायको लागि ऐतिहासिक क्षण भएको चिडियाखानाले वक्तव्यमार्फत जनाएको छ ।
जुम्ल्याहा बच्चाहरूको जन्म पशु हेरचाह कर्मचारीहरूको लागि स्पष्ट रूपमा ठूलो आश्चर्यको रूपमा आएको थियो । जुम्ल्याहा हात्तीको जन्मको लगभग असम्भव जस्तै हुने तथा हात्तीको अल्ट्रासाउन्डको जटिलता रहेका कारणले यो आश्चर्यजनक मानिएको हो ।
मालीको २२० पाउण्डको पहिलो भाले बच्चा जन्मेको दश घण्टा पछि २३७ पाउण्ड भएको दोस्रो भाले बच्चा जन्मिएको थियो । चिडियाखानाले नयाँ बच्चाहरुका मायालु तस्बिरहरू सार्वजनिक गरेको छ ।
विश्वव्यापी रुपमा १ प्रतिशतभन्दा कममात्र जुम्ल्याहा हात्तीको जन्म हुने गर्छ । त्यसमा पनि जुम्ल्याहा जन्मिदा बच्चाहरु प्रायः मृत जन्मिने गरेका छन् वा जन्मेको लामो समयसम्म बाँच्दैनन्। अहिलेसम्म अमेरिकामा हात्ती जुम्ल्याहा बच्चा बाँचेको कुनै रेकर्ड भएको छैन ।
केही सफल जुम्ल्याहा जन्महरू एसिया र अफ्रिकामा भएको पाइएको छ । त्यो बाहेक संसारमा कतै छैनन्। तर न्युयोर्कमा जन्मिएका यी बच्चाहरु बाँच्ने अपेक्षा गरिएको छ । किनभने उनीहरु ठीकठाक रहेको चिडियाखानाले जनाएको छ ।
आगन्तुकहरूले यो मनमोहक जोडीको झलक चिडियाखानाको हेल्गा बेक एशियन एलिफ्यान्ट प्रिजर्भमा दैनिक बिहान ११ बजेदेखि साढे ११ बजेसम्म र दिउँसो २ बजेदेखि देखि साढे २ बजेसम्म पाउनसक्छन् ।
सबै तस्वीर चिडियाखानाको ट्वीटरबाट