अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिन्पिङबीच भेटवार्ता, के सम्बन्ध ट्र्याकमा फर्केला ?


प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार

१४ नोभेम्बर २०२२ को मिति विश्व राजनीतिको लागि ऐतिहासिक मिति बनेको छ र दुई देशको झण्डाको पृष्ठभूमिमा अमेरिका र चीनका राष्ट्रप्रमुखले हात मिलाउँदा इन्डोनेसियाको बाली सहर यसको साक्षी बनेको छ ।

मुलिया होटलमा भएको यो भेटमा सारा विश्वको नजर थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङको धेरै वर्षपछि भेट भएकोले पनि यसलाई महत्वका साथ हेरिएको छ ।

पछिल्ला केही वर्षमा अमेरिका र चीनबीचको सम्बन्ध राम्रो छैन । कहिले ताइवानलाई लिएर त कहिले रुसलाई लिएर अमेरिकाले चीनलाई निशाना बनाउँदै आएको छ भने चीनले अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताउँदै आएको छ ।

यसैबीच सम्बन्ध सुधार गर्ने प्रयासमा जिनपिङ र बाइडेनले एकअर्कासँग जी २० शिखर सम्मेलनको बहानामा कुराकानी गरेका छन् ।

भेटमा सीले भने – ‘तपाईंलाई भेट्न पाउँदा खुसी लाग्यो राष्ट्रपति महोदय। हामीले अन्तिम पटक पाँच वर्षअघि डाभोसमा भेटेका थियौं । तपाईं अमेरिकाको राष्ट्रपति भएपछि हामीले अनलाइन कलहरू मार्फत सम्पर्क राख्यौं। तर आमने सामने भेटहरू फरक छन्। र आज हाम्रो भेट भर्खरै भयो।’

‘हाम्रो अनुभव बढेको छ, तर हामीले धेरै पाठहरू पनि सिकेका छौं। इतिहास सिक्नको लागि सबैभन्दा राम्रो पुस्तक हो र हामीले इतिहासलाई ऐनाको रूपमा लिनुपर्छ। हामीले चीन अमेरिका सम्बन्ध अहिले जुन मोडमा छ, त्यसमा धेरै ध्यान दिएका छौं। दुई ठूला देशका नेताका रूपमा हामीले सही बाटो रोज्नुपर्छ। द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र सुदृढ गर्न सही दिशा खोज्नुपर्छ’  सीले भने ।

सी जिनपिङले विश्वको नजर चीन र अमेरिकामा रहेको बताए । उनले भने संसारले अमेरिका र चीनले आफ्नो सम्बन्धलाई राम्ररी सम्हाल्ने अपेक्षा गरेको छ। जनताको नजर हाम्रो बैठकमा छ। विश्वमा शान्ति कायम राख्न हामीले अन्य सबै देशसँग मिलेर काम गर्नुपर्छ।

अमेरिकी राष्ट्रपतिले दुई देशबीचको टकरावबाट जोगिनु पर्नेमा जोड दिएका छन् । उनले आमनेसामने भेट्नु फरक कुरा भएको र यसको विकल्प नभएको स्वीकार गरेका छन् ।

उनले भने – ‘दुईबीचको वार्ता जारी रहनुपर्छ र म त्यसमा प्रतिबद्ध छु। यो आवश्यक छ कि जलवायु परिवर्तनको होस् वा सुरक्षाका विषयमा तत्काल र एकैसाथ छलफल हुन सक्छ।’

विश्वले पनि दुई देशले साझेदारीको रूपमा काम गरेको चाहने बाइडेनले बताए ।

चीन र अमेरिका बीचको तनावका बीच सम्बन्धको न्यानोपनको पुनरागमन भएमा त्यो एक दशक पहिले भएको जादू भन्दा कम हुनेछैन।

अमेरिकाको गुनासो छ कि चीनले स्थापित व्यापारिक मापदण्डहरू उल्लङ्घन गर्न जारी राखेको छ, जबकि जिनपिङ प्रशासनले यो बैठकमा टेक्नोलोजी क्षेत्रमा अमेरिकी प्रतिबन्धहरूको बारेमा कुरा गर्न चाहन्छ।

तर यो बैठकलाई अवलोकन गर्ने कुनै पनि पर्यवेक्षक दुई देशले अवरोध पार गर्न सक्छन् कि सक्दैनन् भन्ने ढुक्क भएर भन्न तयार छैनन् । तर राम्रो कुरा के छ भने यो भेट यस्तो समयमा भएको छ जब दुई देशबीचको सम्बन्ध सम्भवतः तल्लो तहमा पुगेको छ ।

भविष्यमा द्वन्द्व हुन नदिनका लागि दुई राष्ट्र प्रमुखबीच केही उपायमा सहमति भएको देखिएमा त्यसलाई एक कदम अगाडि बढाउन सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com