अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पले आज उम्मेदबारी घोषणा गर्ने


प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार

Former President Donald Trump speaks at a rally, Saturday, Oct. 22, 2022, in Robstown, Texas. (AP Photo/Nick Wagner)

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आज २०२४ को राष्ट्रपति चुनावका लागि उम्मेदबारी घोषणा गर्ने अपेक्षा गरिएको छ । चुनाव हुन झण्डै २ बर्ष बाँकी रहँदा उनले उम्मेदबारी घोषणा गर्दै चुनावी अभियान सुरु गर्ने अपेक्षा गरिएको हो ।

यद्यपि धेरै रिपब्लिकनहरूले ट्रम्पबाट समर्थित उम्मेद्वारहरुको मध्यावधी चुनावमा खराब नतिजा र कैयन विवादहरुका कारण आगामी राष्ट्रपति चुनावमा ट्रम्पको उम्मेदबारीको विरोध गरेका छन् । हालै पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि भविष्यमा अझ राम्रो विकल्पहरू हुने अभिव्यक्ति दिएका छन् ।

सात वर्ष पहिले न्युयोर्कका व्यापारी ट्रम्प राजनीतिक मैदानमा प्रवेश गरेका थिए । त्यतीबेला उनले अनुभवी राजनीतिज्ञहरु र प्राइमरी चुनावमा प्रतिस्पर्धीहरुका अगाडि गम्भीर दावेदारको रूपमा प्रस्तुत गर्न कडा रूपमा काम गर्नुपरेको थियो ।

पेन्सिलभेनियामा ट्रम्प समर्थति उम्मेदबार पराजित भए ।

यसपटक ट्रम्पले पार्टीमा कडा प्रतिस्पर्धाको सामना गर्नु नपरेपनि उनका अगाडि अरु चुनौतिहरु थपिएका छन् । अभियानको सुरुमा आफ्नो पार्टीका तर्फबाट उत्साह र डरको सामना गर्नुका साथै ओभल अफिसमा फर्कने ट्रम्पको यात्राले आगामी महिनाहरूमा अनगिन्ती अवरोधहरूको सामना गर्न सक्छ ।

किनभने ट्रम्पको उम्मेदबारी घोषणा धेरै आपराधिक र सार्वजनिक अनुसन्धानको सामना र उनको पार्टीले मध्यावधि चुनावमा अपेक्षा गरेभन्दा नराम्रो प्रदर्शनको सामना गरिरहेको बेलामा आउनेछ, जसले रिपब्लिकन पार्टीमाथि ट्रम्पको शक्तिमा प्रश्न खडा गरेको छ।

सन् २०२० को राष्ट्रपति चुनावमा पराजित ट्रम्पले २०२० को चुनावमा धाँधली र चोरी भएको दाबी फैलाउने काम जारी राखेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com