जी २० सुचीबाट रुसलाई हटाएर जी १९ भन्दै जेलेन्सीको सम्बोधन: ‘रुसको युद्ध अन्त्य हुनुपर्छ’
प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जी २० शिखर सम्मेलनमा विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य गर्नुपर्ने बताएका छन्।
उनले छिट्टै म्याद सकिँदै गएको महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह गरे ।
जेलेन्स्कीले भिडियो मार्फत बालीमा नेताहरूलाई सम्बोधन गरेका हुन्।
रुसी नेता भ्लादिमिर पुटिन जी २० मा भाग लिइरहेका छैनन्। आफ्नो साटो उनले विदेशमन्त्री सर्गेई लाभरोभलाई सम्मेलनमा भाग लिन पठाएका छन् ।
जेलेन्स्कीले भने – ‘मलाई विश्वास छ कि रुसको विनाशकारी युद्ध रोक्नु पर्ने समय आएको छ।’
जेलेन्स्कीले आणविक र खाद्य सुरक्षा सुनिश्चित गर्ने, शत्रुताको अन्त्य सहित धेरै रणनीतिहरू रेखांकित गरेका छन् ।
महत्त्वपूर्ण कुरा जेलेन्स्कीले बारम्बार जी २० का नेताहरूलाई जी १९ भनेर सम्बोधन गरेका थिए । यसको अर्थ जेलेन्स्कीले रुसलाई जी २० को सुचीबाट हटाएका थिए ।