‘टिकटक अमेरिकामा राष्ट्रिय सुरक्षा चिन्ताको विषय’ : एफबीआई, संचालन सम्झौताबारे विचार गरिदै


प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार

person holding black samsung android smartphone

एफबीआई निर्देशक क्रिस्टोफर रेले मंगलबार सांसदहरूलाई चिनियाँ स्वामित्वको भिडियो एप टिकटकको बारेमा ब्यूरोको लामो समयदेखिको राष्ट्रिय सुरक्षा चिन्तालाई दोहोराएका छन् । एफबीआईले यसबारे अधिकारीहरूसँग आफ्नो विचार बताइरहेको र टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति दिने सम्झौताबारे विचार गरिरहेको उनले बताएका छन् ।

रेले सांसदहरूलाई चीनको सरकारले लाखौं प्रयोगकर्ताहरूको डाटा वा सफ्टवेयर नियन्त्रण गर्न एप प्रयोग गर्न सक्ने तथा यसको सिफारिस एल्गोरिदमले प्रयोगकर्ताहरूले कुन भिडियोहरू हेर्नेछन् भनेर निर्धारण गर्ने जानकारी दिएका छन् । यदि चीन सरकारले चाहेको खण्डमा एल्गोरिदमलाई कुनै पनि विषयमा प्रभाव पार्नका लागि दुरुपयोग गर्नसक्ने एफबीआईले चिन्ता जनाएको छ ।

चिनियाँ सरकारले लाखौं प्रयोगकर्ताहरूको डेटा सङ्कलन नियन्त्रण गर्न वा प्रभाव सञ्चालनका लागि प्रयोग गर्न सकिने सिफारिस एल्गोरिदम नियन्त्रण गर्न सक्ने सम्भावना रहेको एफबीआईले जनाएको छ । बेइजिङले बाइटडान्सको स्वामित्वमा रहेको लोकप्रिय एपलाई लाखौं यन्त्रहरूमा सफ्टवेयर नियन्त्रण गर्न प्रयोग गर्न सक्ने तथा ती यन्त्रहरूलाई प्राविधिक रूपमा सम्झौता गर्ने मौका दिने एफबीआई निर्देशकले बताए ।

अमेरिकामा विदेशी लगानी सम्बन्धी अमेरिकी सरकारको समितिले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमहरूको लागि विदेशी अधिग्रहणकर्ताहरूद्वारा अमेरिकी अधिग्रहणको समीक्षा गर्दछ । २०२० मा यसले अमेरिकी प्रयोगकर्ताको डाटा चीनको कम्युनिष्ट सरकारमा हस्तान्तरण हुनसक्ने भन्दै अमेरिकाबाट टिकटकलाई हटाउन आदेश दिएको थियो ।

एफबीआई निर्देशक क्रिस्टोफर रे

विदेशी लगानी सम्बन्धी अमेरिकी सरकारको समिति र टिकटकबीच लाखौं भन्दा बढी प्रयोगकर्ताहरूको डाटा सुरक्षित गर्न राष्ट्रिय सुरक्षा सम्झौतामा पुग्ने लक्ष्यका साथ महिनौंदेखि वार्ता भइरहेको छ। टिकटकका कार्यकारी भेनेसा पप्पासले सेप्टेम्बरमा अमेरिकी संसदलाई टिकटकले अमेरिकी प्रयोगकर्ताको डाटालाई थप सुरक्षित गर्न र अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई पूर्ण रूपमा सम्बोधन गर्न अमेरिकी सरकारसँग अन्तिम सम्झौतामा प्रगति गरिरहेको बताएकी थिइन् ।

विदेशी लगानी सम्बन्धी अमेरिकी सरकारको समितिको अनुसन्धानमा एफबीआईको भूमिकाको बारेमा सोध्दा एफबीआई निर्देशकले एजेन्सीको विदेशी लगानी इकाई विदेशी लगानी सम्बन्धी अमेरिकी सरकारको समितिको प्रक्रियाको हिस्सा भएको बताए। समस्यालाई सम्बोधन गर्न हुन सक्ने कुनै पनि सम्झौताहरूमा एफबीआईको इनपुटलाई ध्यानमा राखिनेछ उनले थपे।

चिनियाँ कम्पनीहरूले अनिवार्य रूपमा चिनियाँ सरकारले उनीहरूलाई जानकारी आदान प्रदान गर्ने वा चिनियाँ सरकारको उपकरणको रूपमा सेवा गर्ने सन्दर्भमा जे चाहन्छ त्यो गर्न आवश्यक रहेको समेत एफबीआई निर्देशकले बताए ।

टिकटोकका एक प्रवक्ताले एफबीआई निर्देशक रेले आफ्नो टिप्पणीमा निर्दिष्ट गरेझैं एफबीआईको इनपुटलाई अमेरिकी सरकारसँगको आफूहरुको चलिरहेको वार्ताको भागको रूपमा लिइएको बताएका छन् । ती गोप्य छलफलहरूको विवरणमा टिप्पणी गर्न नसकने तर सबै उचित अमेरिकी राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने बाटोमा रहेकोमा आफूहरु विश्वस्त रहेको टिकटकले जनाएको छ ।

२०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रयोगकर्ताहरूलाई टिकटक र बीच्याट डाउनलोड गर्न र अन्य लेनदेनहरूलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । जुन २०२१ मा राष्ट्रपति जो बाइडेनले एप्सको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउन खोज्ने ट्रम्पका कार्यकारी आदेशहरूको एक श्रृंखला फिर्ता लिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com