अमेरिकाको प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण, सिनेटमा डेमोक्र्याट्स


प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार

white concrete building under clear blue sky

रिपब्लिकनहरूले बुधवार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका छन् । माइक गार्सियाले क्यालिफोर्नियाको दौडमा जितेपछि रिपब्लिकनहरूले बुधबार प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका हुन् ।

झिनो बहुमतका साथ प्रतिनिधिसभामा कायम रिपब्लिकनको नियन्त्रणले नेताहरूका लागि तत्काल चुनौतीहरू खडा गर्नेछ र पार्टीको शासन गर्ने क्षमतालाई जटिल बनाउनेछ।

चुनावको एक हप्ता भन्दा बढी समयपछि रिपब्लिकनले डेमोक्रेटिक नियन्त्रणबाट प्रतिनिधिसभा आफ्नो नियन्त्रणमा लिन आवश्यक ११८ औं सिट प्राप्त गरेका हन् । पार्टीको बहुमतको पूर्ण दायरा स्पष्ट हुन भने अझै केही दिन लाग्नेछ । किनभने कैयन प्रतिस्पर्धी दौडहरूमा मतहरू अझै गणना भइरहेको छ।

रिपब्लिकनले २१ औं शताब्दीको झिनो अन्तरका साथ प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका हुन् । सन् २००१ मा रिपब्लिकनले २ जना स्वतन्त्रसहित २२१ सिट ल्याएका थिए, जतिबेला डेमोक्र्याट्सहरुले २१२ सिट ल्याएका थिए । जम्मा ९ सिटको अन्तरले रिपब्लिकनहरुले प्रतिनिधिसभामा नियन्त्रण कायम गरेका थिए ।

यसपटक भारी सिट संख्याका साथ प्रतिनिधिसभामा नियन्त्रण कायम गर्ने रिपब्लिकनहरुको अपेक्षा थियो । तर डेमोक्र्याटहरूले भर्जिनियादेखि मिनेसोटा र कन्साससम्म मध्यम, उपनगरीय क्षेत्रमा जितेर आश्चर्यजनक नतिजा देखाए। यो नतिजाले प्रतिनिधसभाका रिपबिलकन नेता केभिन म्याकार्थीको सभामुख बन्ने योजनालाई जटिल बनाउन सक्छ किनभने केही रूढिवादी सांसदहरुले उनलाई समर्थन गर्नेबारे प्रश्न गरेका छन्।

न्युयोर्क र क्यालिफोर्नियामा सिटहरु जितेपछि रिपब्लिकनलाई प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न सहज भएको हो ।

मिशेल स्टील र केन क्याल्भर्ट दुबै क्यालिफोर्नियामा डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै पुन निर्वाचित भए। क्यालिफोर्नियामा कंग्रेसनल नक्साहरूमा आएको परिवर्तनका कारण यस वर्ष दुवै दौडहरू थप प्रतिस्पर्धात्मक भएका थिए ।

न्युयोर्कको सिराकस क्षेत्रमा रिपब्लिकनहरूले पछिल्लो दुई राष्ट्रपति चुनावमा डेमोक्र्याटलाई मतदान गरेका क्षेत्रमा पनि नियन्त्रण कायम गरे । न्युयोर्कमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका एक समर्थक रूढिवादी रिपब्लिकन ब्र्यान्डन विलियम्सले एक खुला रिपब्लिकन सीटको रक्षा गरेका हुन् । उनले एक मध्यपन्थी डेमोक्र्याट फ्रान्सिस कोनोललाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण कायम भएपनि सिनेटमा भने डेमोक्र्याट्सले झिनो बहुमत कायम गरेका छन् । जर्जियाको चुनावी परिणाम आउन बाँकी रहदा सिनेटमा डेमोक्र्याट्सको ५० र रिपब्लिकनको ४९ सिट कायम भएको छ । जर्जिया जसले जितेपनि सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ । जर्जिया जितेमा सिधै र हारेमा उपराष्ट्रपतिको टाइब्रेक मतको आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।

अबको २ बर्ष दुईदलीय सहमतिविना अध्यागमन लगायतका कुनैपनि बिलहरु पारित हुनेछैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com