न्यूयोर्क राज्यका केही भागहरूमा हिमआँधी सुरु, भिजिबिलिटी जिरो, संकटकाल घोषणा गरिदै


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

snow field and green pine trees during daytime

न्यूयोर्क राज्यका केही भागहरू बिहीबार हिमआधीको चपेटामा परिरहेको छ । जसका कारण सडकहरू बन्द हुने र शहरहरूलाई केही दिनसम्म अस्तव्यस्त बनाउनसक्ने देखिएको छ ।

यस घटनामा पक्षघाती हिमपात उत्पादन गर्ने वास्तविक क्षमता हुने तथा बफेलो र वाटरटाउन मेट्रो क्षेत्रहरूमा केही फिटसम्म हिमपात हुने राष्ट्रिय मौसम सेवाले जनाएको छ । बुधवार सुरु भएको भयंकर हिमआँधीले कम्तिमा हप्ताको अन्त्यसम्म सडकको अवस्था खराब हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय मौसम सेवाले भिजिविलिटी जिरो हुनसक्ने र सडकहरू हिउँले ढाकिने अनुमान गरेको छ । जसका कारण यात्रालाई लगभग असम्भव बनाउनेछ ।

बुधवार राति आएको आँधीले न्युयोर्कको बफेलोबाट करिब २५ माईल दक्षिणपूर्वमा रहेको साउथ वेल्समा १० इन्च हिउँ खसालेको छ । नजिकैको सहर कोल्डेनमा ८ इन्चभन्दा बढी हिउँ परेको मौसम सेवाले जनाएको छ । सबैभन्दा खराब अवस्था भने आउन बाँकी छ।

सबैभन्दा भारी हिमपात बिहीबार साँझबाट सुरु हुने र शुक्रबारसम्म चल्ने अनुमान गरिएको छ, सप्ताहन्तमा थप तीव्र हिउँ परेको मौसम सेवाले जनाएको छ।

राष्ट्रिय मौसम सेवा मौसमविद् जोन हिचककका अनुशार यो धेरै लामो समयसम्म चल्ने र लेक ओन्टारियो तालको पूर्वमा ठूलो लेक इफेक्ट हिमपात हुनेछ । एरी र ओन्टारियो तालहरूको डाउनवाइन्ड क्षेत्रहरूमा हिमपातका साथमा मेघगर्जन र बिजुली चम्किनेछ ।

न्युयोर्क र उत्तरपश्चिम पेन्सिलभेनियाको बफेलो र वाटरटाउन क्षेत्रहरूमा बिहीबार र शुक्रबार पनि धेरै फिट हिउँ पर्ने पूर्वानुमान गरिएको छ ।
केही स्थानमा प्रतिघण्टा ३ इन्चको दरले हिउँ पर्न सक्छ भने केही क्षेत्रमा ४ फिटसम्म हिउँ जम्ने अनुमान गरिएको छ ।

इन्डियाना र उत्तरपूर्वी ओहायोका केही भागमा एक फिटभन्दा बढी हिमपात हुने अनुमान गरिएको छ । र ग्रेट लेक वरपर ५ मिलियन भन्दा बढी मानिसहरूले बिहीबार हिम सतर्कता अपनाउनुपर्नेछ ।

क्षेत्रहरू लेक इफेक्ट हिउँले ढाकिदै गएका छन् । जुन चिसो नभएको तालमाथि धेरै चिसो हावाको अवस्थाले श्रृजना गर्छ ।
एउटा ताल उदाहरणका लागि लगभग ४० डिग्री फरेनहाइटको तापक्रममा हुन सक्छ जबकि हावाको तापमान जम्ने अवस्थाको तापक्रम भन्दा कम हुन सक्छ।

तापमानको भिन्नताले केही अस्थिरता सिर्जना गर्छ र पानीले आर्द्रताको स्रोत प्रदान गर्दछ । जब यो जमिनमाथि पुग्छ, यसले पानीको बाफलाई हिउँको रूपमा जम्मा गर्छ।

बिहिबार साँझ ४ बजेदेखि बिहीबार न्यूयोर्क राज्यको इन्टरस्टेट ९० राजमार्गको रोचेस्टर र बफेलो क्षेत्रमा पेन्सिलभेनिया सीमानासम्म व्यापारिक आवतजावतमा रोक लगाइने गभर्नर क्याथी होकुलको कार्यालयले जनाएको छ । बासिन्दाहरूलाई सावधानी अपनाउन र एक अर्काको हेरचाह गर्न राज्यको आपतकालीन सेवा प्रमुखले आग्रह गरेका छन् ।

यस आँधीलाई कम नठान्न न्यूयोर्क राज्यको होमल्याण्ड सुरक्षा र आपतकालीन सेवाहरूको डिभिजनका आयुक्तले चेतावनी दिएका छन् ।
सबैले छिमेकीहरूलाई जाँच गर्नुपर्ने विशेष गरी कमजोर छिमेकीहरूलाई ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।

न्युयोर्कका गभर्नरले बिहीबार आपतकालिन अवस्था जारी गर्ने योजना बनाएको जनाएकी छिन् । आफ्नो टोली र आफू आँधीबेहरी अगाडि आपतकालीन साधनश्रोत तैनाथ गर्ने तथा स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहने होकुलmे एक समाचार विज्ञप्तिमा भनेकी छिन् ।

न्यु योर्कवासीहरू आँधीबेहरीको अगाडि सतर्क रहनुपर्ने र यी खतरनाक अवस्थाहरूमा कुनै पनि अनावश्यक यात्राबाट बच्नुपर्ने चेतावनी दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com