सिटी बैंक र स्ट्यान्डर्ड चार्टर्डमा १५ बर्ष काम गरेकी सन्ध्या फेसबुकको नयाँ भारत प्रमुख नियुक्त
प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार
सन्ध्या देवनाथनलाई फेसबुकको कम्पनी मेटाको भारत प्रमुखमा नियुक्त गरेको छ । फेसबुकले बिहीबार उनलाई भारत प्रमुख नियुक्त गरेको जानकारी दिएको हो ।
मेटाका पूर्व भारत प्रमुख अजित मोहनले राजीनामा दिएपछि उनलाई उक्त स्थानमा नियुक्त गरिएको हो । इन्स्टाग्राम, फेसबुक र व्हाट्सएप सबै मेटाको स्वामित्वमा छन्। देवनाथनलाई भारतमा मेटाको अपरेसनको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएकोमा मेटा कम्पनीका प्रमुख व्यापार अधिकृत मार्ने लेभिनले खुसी व्यक्त गरेका छन् ।
देवनाथनले कम्पनीको कठिन चरणमा भारत डिभिजनको नेतृत्व लिएकी छिन् । कम्पनीले ११ हजार भन्दा बढी कर्मचारीहरूलाई अवकाश दिएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले मेटाभर्स परियोजनामा महँगो रकम लगाउादा तेस्रो त्रैमासिकमा कम्पनीको समग्र खर्चलाई पाँचौं गुणा बढाएको छ ।
सन्ध्या देवनाथन सन् २०१६ मा मेटामा सामेल भएकी थिइन् । उनले सिंगापुर र भियतनाममा कम्पनी र टोलीहरू स्थापना गर्न सहयोग गरिन्। उनले दक्षिणपूर्व एशियामा मेटाको ई वाणिज्य प्रयासलाई पनि सहयोग गरिन्।
देवनाथनसँग बैंकिङ, भुक्तानी र प्रविधिमा २२ वर्षको करियरको अनुभव छ। देवनाथनले सन् २०२० मा एसियाप्यासिफिक क्षेत्रको लागि गेमिङको नेतृत्व गरिन्, जुन मेटाको लागि विश्वव्यापी रूपमा सबैभन्दा ठूलोमध्ये एक हो ।
उनले व्यवसायमा महिला नेतृत्व विकास गर्नेमा जोड दिदै आएकी छिन् । उनी मेटाको एसिया प्यासिफिक क्षेत्र महिलाका लागि कार्यकारी प्रायोजक हुन्।
देवनाथनले आन्ध्र विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा बीटेक गरेकी हुन् र त्यसपछि दिल्ली विश्वविद्यालयको व्यवस्थापन अध्ययन संकायबाट एमबीए गरिन् । सन् २०१४ मा उनी नेतृत्वबारे अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा गइन्।
उनले सिटी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेकी थिइन् । उनले सिटी बैंकमा सन् २००० देखि २००९ सम्म र स्ट्यान्डर्ड चार्टर्डमा सन् २००९ देखि २०१५ सम्म काम गरिन्।
देवनाथन विगतमा विभिन्न संघसंस्थाको बोर्डमा पनि बसेकी छिन् । यी संस्थाहरूमा अर्थतन्त्र र समाजका लागि महिला फोरम, सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्ड, पेपर फाइनान्सियल सर्भिस ग्रुप, सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी, र सूचना तथा सञ्चार मन्त्रालय सिङ्गापुर लगायतमा उनले काम गरिन् ।
सन्ध्या देवनाथनले संस्थाको भारत चार्टरको निरीक्षण गर्ने र मेटाको राजस्व वृद्धिलाई भारतका महत्त्वपूर्ण च्यानलहरूमा अघि बढाउन राष्ट्रका प्रमुख ब्रान्डहरू, सिर्जनाकर्ताहरू, विज्ञापनदाताहरू र साझेदारहरूसँग रणनीतिक सम्बन्धलाई गहिरो बनाउने बताइएको छ ।
मेटाको व्यापारको दीर्घकालीन विस्तार र भारतप्रतिको प्रतिबद्धतालाई समर्थन गर्न जारी राख्दा देवनाथनले आफ्ना साझेदारहरू र ग्राहकहरूलाई सेवा दिन संस्थाको व्यापार र राजस्व लक्ष्यहरू पङ्क्तिबद्ध गर्नमा ध्यान केन्द्रित गर्नेछिन् ।