काठमाडौं ७ मा ७०९ मत गणना, स्वतन्त्र पार्टीका गणेशको अग्रता, श्यामकुमार दोश्रो, मानुषी तेश्रो


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

७ सय ९ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो नम्बरमा छन् ।

एमालेका श्यामकुमार घिमिरेले ९३ र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् । त्यस्तै हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत प्राप्त गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को चार स्थानमा मतगणना भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिनुभयो । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक÷एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com