कांग्रेस ११, एमाले ३, रास्वपा ३, राप्रपा १, एकीकृत समाजवादी १, नागरिक उन्मुक्ति पार्टी १


प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको १९ स्थानको मतपरिणाम आइसकेको छ। यी क्षेत्रमध्ये नेपाली कांग्रेसले १०, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन्।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं १, प्रकाशमान सिंह, डडेल्धुराबाट शेरबहादुर देउवा, काठमाडौं ४ बाट गगन कुमार थापा, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवाबाट मोहन आचार्य, ललितपुर १बाट उदयशमशेर राणा, काठमाडौं ५ बाट प्रदीप पौडेल, काठमाडौं ३ बाट सन्तोष चालिसे, सुर्खेत २ बाट हृदयराम थानीले जितेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ७ बाट गणेश पराजुली, काठमाडौं २ बाट सोविता गौतम र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठले जितेका छन् ।

नेकपा एमालेका ललितपुर २ बाट प्रेमलाल महर्जन, काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ र उदयपुर २ बाट अम्मरबहादुर रायमाझीले जितेका छन् । नेकपा एकीकृत समाजवादीका अछाम १ बाट शेरबहादुर कुँवरले जितेका छन् भने नागरिक उन्मुक्ति पार्टीका कैलाली ३ बाट गंगाराम चौधरीले जितेका छन् । राप्रपाका बाँके २ बाट धवलशमशेर राणाले जितेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com