विश्वकपमा रोमाञ्चक जितपछि जापानका फुटबल फ्यानहरूले सफा गरे रंगशाला


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

विश्व कपमा जापानले जर्मनीलाई पराजित गरेपछि हर्षोल्लास गरेका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गर्ने परम्परालाई निरन्तरता दिएका छन् । कतारमा जारी विश्वकपमा बुधबार जापानले मैदान भित्र र बाहिर सफा गरेको हो ।

नोभेम्बर २३ मा जापानको राष्ट्रिय टोलीले जर्मनीमाथि २(१ को रोमाञ्चक जित हासिल गरेपछि, जापानी फ्यानहरूले जितको उत्सव मनाउन स्थलबाट निस्कनुअघि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सबै फोहोरहरू सफा गरेर परम्परालाई निरन्तरता दिए।

जापानका फ्यानहरूले खेलको समयमा जम्मा भएको सबै फोहोर उठाउनको लागि फोहोरको झोलाहरू लिएर सिटहरूमा घुमेपछि उनीहरुको प्रशंशा गरिएको छ । फिफाले पनि जापानी प्रशंसकहरूलाई ठूलो सम्मान गर्दै ट्वीट गरेको थियो ।

अविश्वसनीय जीत पछि जापानी फ्यानहरू पूरै स्टेडियम सफा गर्न लागि परेको र तिनीहरूले हरेक प्रतियोगितामा यस्तो गर्दै आएको एक प्रशंसकले बताएका छन् । जापानी फ्यानहरूले आफ्नो टोलीले जिते पनि हारेपनि आफ्नो टोलीको खेलपछि स्टेडियम सफा गर्छन् ।

ब्राजिलमा सन् २०१४ को विश्वकपमा आइभरी कोस्टसँग हार्दा पनि उनीहरुले फोहोर सफा गरेका थिए । रूसमा २०१८ को विश्वकपमा कोलम्बियालाई जित्दापनि उनीहरुले फोहोर सफा गरेका थिए ।

जापान नोभेम्बर २७ मा कोस्टारिका विरुद्धको खेलमा स्टेडियममा फर्किनेछ । उक्त खेल समाप्त भएपछि स्टेडियम सफा हुनेमा विश्वस्त हुन सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com