इंग्ल्याण्ड र अमेरिकाबीचको खेल गोलरहित बराबरीमा सकियो


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

अमेरिका र इंग्ल्याण्डबीचको खेल ०-० को बराबरीमा सकिएको छ । अमेरिकीहरूका लागि मुख्य परीक्षा मानिएको यो खेल गोलरहित बराबरीमा सकिएको हो ।

नकआउट राउण्डमा पुग्ने अमेरिकाको आशा अझै पनि आफ्नै हातमा छ । मङ्गलबार इरानविरुद्धको जित थाहा पाएपछि अन्तिम १६ मा पुग्ने देखिन्छ ।

यस अगाडि वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लिएको थियो ।

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो ।

त्यस्तै यस अगाडि इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो । इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो ।

इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । इरानका लागि भने मेहदी तारेमीले दुई गोल फर्काएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com