नेदरल्याण्डस क्वार्टरफाइनलमा, अमेरिका आउट
प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार
अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्याण्डस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब अमेरिका विश्वकपबाट बाहिरिएको छ ।
नेदरल्याण्ड्सले खेलको शुरुवातमा गोल गर्यो र त्यसपछि हाफ टाइम अघि दुई गोलले अगाडि बढ्यो। ७६औं मिनेटमा अमेरिका गोल गरेपछि अमेरिकाले गोल अन्तर एकमा झारेको थियो । तर नेदरल्यान्ड्सले त्यसको केही मिनेटपछि नै गोल गर्दै खेललाई अगाडि बढाए ।
अब नेदरल्याण्डसले अर्जेन्टिना र अष्ट्रेलियामध्ये जो विजेता हुन्छ, त्योसँग ९ डिसेम्बरमा न्युयोर्क समय दिउसो २ बजे भिड्नुपर्नेछ ।
आजको खर्को खेल न्युयोर्क समय अनुशार दिउसो २ बजे अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल हुनेछ । डिसेम्बर ४ मा फ्रान्स र पोल्याण्डबीच न्युयोर्क समय अनुशार विहान १० बजे खेल हुनेछ भने न्युयोर्क समय अनुशार दिउसो २ बजे इंग्ल्याण्ड र सेनेगलबीच खेल हुनेछ ।
त्यस्तै डिसेम्बर ५ मा न्युयोर्क समय अनुशार विहान १० बजे जापान र क्रोएसियाबीच तथा दिउसो २ बजे ब्राजिल र साउथ कोरियाबीच खेल हुनेछ । डिसेम्बर ६ मा न्युयोर्क समय अनुशार विहान १० बजे मोरक्को र स्पेन तथा दिउसो २ बजे पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ ।
क्वाटरफाइनल खेल डिसेम्बर ९ बाट हुनेछ । जसमा नेदरल्याण्डसले अर्जेन्टिना र अष्ट्रेलियामध्ये एकसँग भिड्नेछ । त्यस्तै जापान र क्रोएसियाबीचको खेलमा विजेता हुनेले ब्राजिल र साउथ कोरिया मध्ये जो विजेता हुन्छ, त्योसँग डिसेम्बर ९ न्युयोर्क समय विहान १० बजे भिड्नुपर्नेछ ।
मोरक्को र स्पेनबीचको खेलमा विजेता हुनेले पोर्चुगल र स्वीट्जरल्याण्डमध्ये जो विजेता हुन्छ, त्योसँग १० डिसेम्बरमा न्युयोर्क समय विहान १० बजे भिड्नुपर्नेछ । त्यस्तै फ्रान्स र पोल्याण्डबीचको खेलमा विजेता हुनेले ईग्लायण्ड र सेनेगल मध्ये जो विजेता हुन्छ, त्योसँग डिसेम्बर १० न्युयोर्क समय दिउसो २ बजे भिड्नुपर्नेछ ।
क्वार्टरफाइनलका यी ४ वटा खेलमा जित्नेहरुबीच १३ र १४ डिसेम्बरमा २ वटा सेमीफाइनल खेलहरु हुनेछन् । सेमी फाइनलमा हार्ने २ टोलीबीच तेश्रो स्थानका लागि १७ डिसेम्बरमा खेल हुनेछ भने सेमी फाइनलमा जित्ने दुई टोलीबीच फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।