नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्कोको जित
प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार
नाटकीय पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको हो ।
पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन ।
मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन शटहरू बचाउन सफल भए । जसले गर्दा मोरक्कोलाई क्वार्टर फाइनलमा पुग्नको लागि मौका दिएको छ ।
मोरक्कोका अब्देलहामिद साबिरी, हाकिम जियेच र अचराफ हाकिमीले सबैले गोल गरे । र स्पेनलाई पछि पार्दै विश्वकप २०२२ को क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।
अब न्युयोर्क समय अनुशार दिउँसो २ बजे पोर्चुगलले स्वीट्जरल्याण्डसँग खेल्नेछ। विजेताले शनिबार आपसमा खेल्नेछन् ।
क्रोएसिया, ब्राजिल, नेदरल्याण्ड्स, अर्जेन्टिना, इङ्ल्यान्ड र फ्रान्स यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन्। क्वाटरफाइनल खेल शुक्रबारबाट सुरु हुँदैछ ।