शिकागोमा प्रेमीले परिवारका ६ सदस्यको हत्या गरेको हेर्ने महिलालाई २५ वर्ष जेल


प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार

woman in gold dress holding sword figurine

आफ्नो पूर्व प्रेमीले अमेरिकाको शिकागोको घरमा दुई बालकसहित आफ्नो परिवारका छ सदस्यहरूलाई मारेको हेरेर बस्ने एक महिलालाई मंगलबार २५ वर्षको जेल सजाय सुनाइएको छ ।

२५ वर्षीया जाफेथ रामोसले कुक काउन्टी अभियोजकहरूसँग पूर्व प्रेमी डिएगो उरिबे क्रुज विरुद्ध गवाही दिन सहमत भएकी थिइन् । उरिबे क्रुजलाई सन् २०१६ मा शहरको दक्षिणपश्चिम तर्फ गेज पार्क छिमेकमा ६ जनाको हत्याको लागि गत महिना आजीवन कारावासको सजाय सुनाइएको थियो।

उरिबे क्रुजको सुनुवाइमा रामोसले न्यायाधीशहरूलाई एक दिन फेरि आफ्नो छोरासँग बस्न सक्षम हुने आशामा सम्झौता स्वीकार गरेकी छिन् । जुन मे २०१६ मा उनीहरु पक्राउ पर्दा उनीहरुको सानो बच्चा समेत थियो ।

त्यो सुनुवाइको क्रममा क्रुजले आफ्नी ३२ वर्षीया काकी मारिया मार्टिनेजको गोली हानेर हत्या गरेको जनाइएको थियो । साथै १० र १३ वर्षका काकीका छोराहरूलाई छुरा प्रहार गरेर हत्या गर्नु अगाडि कुनै साक्षी नभएको सुनिश्चित गर्न अरु तीजना आफन्तहरुको समेत हत्या गरेको थियो । यो सबै दृश्य हेरेकी जाफेथ रामोसलाई २५ बर्षको जेल सजाय सुनाइएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com