अमेरिकामा दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित


प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार

two women standing near curb during daytime

अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल पारित भएको छ । अमेरिकी सिनेटबाट गतसाता पारित भएको बिल आज प्रतिनिधिसभाबाट पनि पारित भएको हो । अब यसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् ।

प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो । ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए । मतदान सकिएपछि चेम्बरमा ताली बज्यो ।

बिलले सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता सेट नगरेपनि एउटा राज्यले अर्को राज्यको कानुनी समलिंगी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ ।

सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । फिलिबस्टर तोड्नका लागि रिपब्लिकनका १० भोट आवश्यक भएकाले बिलमा वार्ताका लागि महिनौं लागेको हो ।

woman in white shirt holding smartphone

सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए ।

यो बिलमा संघीय सरकारले समलिङ्गी विवाह र अन्तरजातीय विवाहलाई मान्यता दिने कुरा सुनिश्चित गरिएको छ । यदि जोडीले समलिंगी विवाहलाई मान्यता नदिने राज्यमा बसाईसराई गरेपनि कुनै समस्या हुनेछैन । थप रूपमा बिलले सन् १९९६ मा पारित विवाहको रक्षा ऐनलाई खारेज गर्नेछ, जसले विवाहलाई एक पुरुष र एक महिला बीचको सम्बन्धको रूपमा परिभाषित गरेको थियो ।

यद्यपि अमेरिकामा सर्वोच्च अदालतले सन् २०१५ मा समलिङ्गी विवाहको अधिकारको ग्यारेन्टी गरेको छ । यो बिलले समलिङ्गी र अन्तरजातीय जोडीहरूलाई थप निश्चितता प्रदान गर्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com