न्युयोर्कको म्यानहटनमा ट्रेन स्टेशनमा डेढलाख डलरको गहना भएको झोला दिनदहाडै चोरी
प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार
न्युयोर्क प्रहरीले तल्लो म्यानहट्टन सबवे स्टेशन भित्र डेढ लाख डलर मूल्यको गहना सहितको ब्याकप्याक चोर्ने एक महिला संदिग्ध र उनका सहयोगीहरूको तस्वीर जारी गरेको छ । घटना दिउसो २ बजे क्यानल स्ट्रीट र ब्रडवे सबवे स्टेशन भित्र भएको थियो ।
एक ५२ वर्षीय व्यक्तिले आफ्नो वालेटबाट मेट्रोकार्ड निकाल्ने प्रयास गर्दा डेढलाख डलर मूल्यका गहनाहरू भएको झोला भुइँमा राखेका थिए ।
त्यसपछि एक महिलाले ती पुरुषलाई अगाडि पैसा खसेको जानकारी गराएकी थिइन् । जब उनी पैसा टिप्नतिर लागे, त्यतीबेला उनको झोलाका स्थानमा उनले नचिनेको अर्कै झोला थियो भने उनको झोला चोरी भइसकेको थियो ।