११ औं नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको हो ।

अवार्ड समारोह आगामी मे २७ मा हुनेछ । अवार्ड समारोहको मिति, स्थान, फस्ट लुक्स तथा आधिकारिक वेवसाइट लगायत सहभागी हुने चर्चित कलाकर्मीको नाम गत साता सार्वजनिक गरिएको थियो ।

नेफ्टा फिल्म अवार्ड अमेरिकामा आयोजना गर्नुको उद्देश्य र महत्वबारे बोल्दै कलाकार राजेश हमालले अमेरिकामा आयोजना हुन लागिरहेको अवार्ड समारोहको घोषणाले आफुलाई अत्यन्त खुसि बनाएको बताए ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com