५ मिनेटको अन्तरमा क्रोएसियाविरुद्ध अर्जेन्टिनाका २ गोल


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

क्रोएसिया र अर्जेन्टिनाबीचको विश्वकप सेमिफाइनलमा ५ मिनेटको अन्तरमा क्रोएसियाविरुद्ध अर्जेन्टिनाले २ गोलको अग्रता कायम गरेको छ ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई क्रोएसियाविरुद्ध १–० को अग्रता दिलाएका थिए । लगत्तै अर्जेन्टिनाका जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका छन् ।

अल्भारेजले ३९ औं मिनेटमा दोश्रो गोल गरेका हुन् ।

लियोनेल मेस्सी आफ्नो ११ औं गोलको साथ विश्वकपको इतिहासमा अर्जेन्टिनाका सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन् । यो विश्वकपमा उनको ५ औं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेसँग बराबर हो ।

३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् ।

उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्। उनी सन् २०१४ मा नजिक आएका थिए तर फाइनलमा जर्मनीसँग हारेका थिए ।

आजको खेल विश्वकपका खेलहरुमा उनको २५ औं सहभागिता हो । जसले उनलाई विश्व कप इतिहासमा लोथर माथाउससँग बराबरीमा ल्याउँदछ। आज अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेलिरहँदा मेस्सी विश्वकपको इतिहासमा लोथरसँगै संयुक्त कीर्तिमान बनाउने खेलाडी बनेका छन् ।

यदि फाइनलमा पुगेमा उनले विश्वकपका धेरै खेल खेल्ने खेलाडीमा नयाँ कीर्तिमान बनाउनेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com