भारतबाट ५ हजार किलोमिटर भन्दा बढी क्षमताको अग्नि ब्यालेस्टिक मिसाइल परीक्षण


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको अग्नी ‘भी’ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको बताइएको छ ।

समाचार एजेन्सी पीटीआईले यससँग सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उनीहरुका अनुसार यस परीक्षणबाट हतियारका धेरै महत्त्वपूर्ण पक्षबारे अनुसन्धान गर्न सकिन्छ ।

ओडिशा नजिकै अब्दुल कलाम टापुबाट यो परीक्षण भारत चीन सीमामा तनाव भइरहेको बेला गरिएको हो। यद्यपी यस परीक्षणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।

अग्नि ३

अग्नि ४ को ४ हजार किमी सम्मको रेन्ज छ भने अग्नि ३ ले ३ हजार किमी सम्म मार गर्न सक्छ।

जुन महिनामा भारतले आणविक क्षमताको अग्नि ४ को सफल परीक्षण गरेको थियो।

अग्नि २

पछिल्लो दुई वर्षमा भारतले धेरै मिसाइलको सफल परीक्षण गरेको छ । मे महिनामा सुखोई लडाकु विमानबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल परीक्षण गरिएको थियो ।

अप्रिलमा ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको एन्टी शिप संस्करणको भारतीय नौसेना र अण्डमान र निकोबार कमाण्डले संयुक्त रूपमा परीक्षण गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com