सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसका सुझाव


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

सेप्टेम्बर २६ अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुलाई युएससीआईएसले केही महत्वपूर्ण सुझावहरु दिएको छ । सन् २०२२ को सेप्टेम्बर २६ पछि युएससीआईएसले नविकरणका लागि आवेदन दिएकाहरुका हकमा पुरानो ग्रिनकार्डको अवधि स्वत २४ महिना लम्बाउने नियम ल्याएको थियो ।

जस अनुशार सेप्टेम्बर २६ वा त्योभन्दा पछाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुले २४ महिना पुरानो ग्रिनकार्डको अवधि लम्बाइएको सुचना सहित रिसिप्ट प्राप्त गर्दै आएका छन् । उनीहरुले उक्त रिसिप्टका साथमा पुरानो ग्रिनकार्ड पेश गरेको खण्डमा यात्रा गर्न, काम गर्न वा अमेरिकामा बैध बसोबास प्रमाणित गर्न सक्छन् । ग्रिनकार्डको म्याद सकिएको मितिले उक्त रिसिप्टका साथमा २४ महिना पुरानै ग्रिनकार्डले काम गर्नेछ ।

त्योभन्दा अगाडि ग्रिनकार्ड नविकरण आवेदन दिएकाहरुका सन्दर्भमा युएससीआईएसले परिमार्जित रिसिप्ट नोटिसहरु पठाउने प्रकृयामा रहेको जनाएको छ । नविकरणको आवेदन पेन्डिङ रहेकाहरुका सन्दर्भमा परिमार्जित रिसिप्ट पठाइने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसको सम्पर्क केन्द्र ।

आवेदकले निरन्तर स्थितिको प्रमाणको रूपमा म्याद सकिएको ग्रीन कार्डको साथ परिमार्जित रिसिप्ट प्रस्तुत गर्न सक्नेछन् । म्याद सकिएको ग्रीन कार्डको साथ परिमार्जित रिसिप्ट प्रस्तुत गरेर आफ्नो म्याद समाप्त भएको ग्रीन कार्डको अगाडिको म्याद समाप्त भएको मितिदेखि २४ महिनासम्म काम गर्न र यात्रा गर्न पाइने युएससीआईएसले स्पष्ट पारेको छ ।

यदि परिमार्जित रिसिप्ट आउँदासम्म प्रतिक्षा गर्न नसक्ने अवस्था भएमा, तत्काल यात्रा गर्नुपर्ने भएमा वा तुरुन्तै प्रमाण आवश्यक भएको खण्डमा युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिनेछ । त्यसपछि फिल्ड अफिसमा गएर पासपोर्टमा त्यस्तो प्रमाण प्राप्त गर्न सकिनेछ ।

यदि त्यस्तो आपतकालिन अवस्था छैन भने अपोइन्टमेन्ट तय गर्नुको सट्टा परिमार्जित रिसिप्टको प्रतीक्षा गर्न युएससीआईएसले सुझाव दिएको छ । यदि पुरानो ग्रिनकार्ड हराएको भएमा भने तपाईले युएससीआईएसको सम्पर्क केन्द्रमा सम्पर्क गरेर अप्वाइन्टमेन्टको अनुरोध गर्नुपर्छ । त्यसपछि फिल्ड अफिसमा गएर पासपोर्टमा छाप लगाउनुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com