फ्रान्सविरुद्ध अर्जेन्टिनाको दोश्रो गोल


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

फ्रान्सविरुद्ध अर्जेन्टिनाले दोश्रो गोल गरेको छ । फ्रान्सविरुद्ध अर्जेन्टिनाले दोश्रो गोल गरेको छ । खेलको पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेको हो ।

योसँगै अर्जेन्टिनाका लागि विश्वकपको फाइनलमा पुग्ने सपनाको सुरुवात भएको छ ।

लियोनेल मेस्सीको प्रज्वलित प्रतिआक्रमणको अन्त्यमा एन्जेल डि मारियाले फ्रान्सका ह्युगो लोरिसलाई पछि पार्दै पहिलो हाफको ढिलोमा अर्जेन्टिनालाई २ -० ले अग्रता दिलाएका हुन् ।

खेलको २१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

३५ बर्षका सुपरस्टार लियोनेल मेस्सीको यसपटकको विश्वकपमा सबैभन्दा छैठौं गोल हो । जुन फ्रान्सका केलियन एमबाप्पेको भन्दा एक गोल बढी हो ।

यसपटकको विश्वकपमा मेस्सीले सातौं खेल खेलिरहेका छन् । आजको खेल विश्वकपका खेलहरुमा उनको २६ औं सहभागिता हो । अब उनले विश्व कप इतिहासमा लोथर माथाउसलाई उछिनेका छन् ।

३५ वर्षीय स्टार मेस्सीले खेल अघि यो उनको अन्तिम विश्वकप हुने बताइसकेका छन् । उनले विश्वकप बाहेक सबै प्रमुख क्लब र राष्ट्रिय टोलीको उपाधि जितेका छन्। उनी सन् २०१४ मा नजिक आएका थिए तर फाइनलमा जर्मनीसँग हारेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com