३६ बर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप
प्रकाशित मिति : पुस ३, २०७९ आईतबार
अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेको छ ।
खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो ।
यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्योभन्दा अगाडि १९७८ मा जितेको थियो । अब अर्जेन्टिना तेश्रोपटक विश्वकप जित्ने मुलुक भएको छ ।
सबै समयको सूचीमा अब अर्जेन्टिनाले ५ पटक विश्वकप जितेको ब्राजिल तथा चार चारपटक जितेका जर्मनी र इटलीपछिको स्थान बनाएको छ ।
यसपटकको विश्वकपमा ३५ वर्षीय सुपरस्टार मेस्सीले सातौं खेल खेलेका हुन् । आजको खेल विश्वकपका खेलहरुमा उनको २६ औं सहभागिता हो ।
जसले अर्को कीतिमान पनि बनाएको छ । किनभने अब उनले विश्व कप इतिहासमा सबैभन्दा धेरै खेल खेल्नेमा लोथर माथाउसलाई उछिनेका छन् ।
विश्वकपमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट भने फ्रान्सका एमबाप्पेले जितेका छन् । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि खेलाडीले विश्वकपमा ६ भन्दा बढी गोल गरेका थिएनन । एमबाप्पेले त्यसको बराबरी कीर्तिमान बनाएका छन् ।