विना भिसा अमेरिका छिर्न खोज्नेको लर्कोपछि टेक्सासको सिमाक्षेत्रमा संकटकाल घोषणा


प्रकाशित मिति : पुस ४, २०७९ सोमबार

टेक्सासको सीमावर्ती सहरका मेयरले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । दक्षिणी सिमानाबाट विना भिसा अमेरिका छिर्ने आप्रवासीहरूको आगमनलाई सम्हाल्ने समुदायको क्षमताको बारेमा चिन्ताका साथ संकटकाल घोषणा गरिएको हो ।

एल पासोका मेयर ओस्कर लीजरले मेक्सिकोसँगको अमेरिकाको सीमामा रहेको सहरलाई डिसेम्बर २१ मा टाइटल ४२ समाप्त भएपछि आवश्यक हुने अपेक्षा गरिएका थप स्रोतहरू प्रयोग गर्न अनुमति दिन आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । लीजरले पहिले आपतकालिन अवस्था घोषणा जारी गर्न अस्वीकार गरेका थिए तर डाउनटाउनका सडकहरूमा तापक्रम फ्रिजिङभन्दा तल झरेको देखेर उनी संकटकाल घोषणा गर्न उत्प्रेरित भएको बताएका छन् ।

डेमोक्रेटिक मेयर लीजरले आपतकालीन घोषणाले शहरका अधिकारीहरूलाई मेक्सिकोको सीमा पार गरेका आप्रवासीहरूलाई आश्रय दिने स्रोत र क्षमता दिने बताएका छन् । मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गरिएको सुनिश्चित गर्न चाहने तथा सबै सुरक्षित भएको सुनिश्चित गर्न चाहने उनले बताए ।

 

आप्रवासीहरूलाई स्वागत गर्ने इतिहास भएको डेमोक्रेटिक गढ रहेको एल पासोले हालैका महिनाहरूमा मेक्सिकोसँगको सीमा पार गर्ने हजारौं आप्रवासीहरूलाई सामना गर्न संघर्ष गरिरहेको बेला यो कदम आएको हो। एक अमेरिकी न्यायाधीशले डिसेम्बर २१ सम्ममा टाइटल ४२ को रूपमा चिनिने प्रतिबन्धहरू समाप्त गर्न आदेश दिएपछि शहरले आप्रवासी आगमनमा सम्भावित बढावका लागि तयारी गरिरहेको छ।

जनवरी २०२१ मा पदभार ग्रहण गरेका राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिका मेक्सिको सीमा पार गर्ने क्रममा रेकर्ड संख्यामा आप्रवासीहरू पक्राउ परेका छन् । अमेरिकी सीमा एजेन्टहरूले गत हप्तामा मात्र एल पासो क्षेत्र भनेर चिनिने सीमाको २६८ माइल खण्डमा प्रति दिन औसत २४ सय भन्दा बढी आप्रवासीहरूको सामना गरेका छन् । अक्टोबरको तुलनामा यो संख्या ४० प्रतिशतले वृद्धि भएको छ।

सरकारी अधिकारीहरूले एल पासोमा आप्रवासीहरूलाई अन्य अमेरिकी शहरहरूमा सार्दा पनि स्थानीय आश्रयहरूको क्षमता नपुग्ने बताएका छन् । आप्रवासीहरु सडकमा सुतिरहेको र तापक्रम अत्यन्तै तल झरेको जनाइएको छ ।

अगस्टको अन्त्यमा आप्रवासीहरूको आगमन बढ्दै जाँदा सहरले बसबाट आप्रवासी पठाउने कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रम अन्तरगत लगभग १४ हजार आप्रवासीहरूलाई न्युयोर्क र शिकागो पठाइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com