मेस्सी बने बीबीसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द ईयर


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

फुटबल विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी २०२२ को लागि बीबीसी स्पोर्ट्स पर्सनालिटीको वर्ल्ड स्पोर्ट स्टार अफ द इयर घोषित भएका छन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि ३६ वर्षपछि कतारमा विश्वकप जितेका हुन् । उनलाई गोल्डेन बल अवार्ड पनि दिइएको थियो ।

जब मेस्सी आइतवार फ्रान्ससँग विश्वकपको फाइनल खेल्न गएका थिए, त्यो उनको विश्वकपको २६औं खेल थियो। यसरी उनले जर्मन खेलाडी लोथर माथियासको विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि तोडेका छन् ।

मेस्सी अब अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् भने पाँचौं विश्वकप उनको लागि उत्कृष्ट रह्यो । गोल र असिस्टमा उनी शीर्ष स्थानमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com