कसरी ट्रम्पले २०२० मा आयकर एक डलरपनि नतिर्न सफल भए ?


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम वर्षको अवधिमा कुनै आयकर तिरेनन् । संसदीय समितिमा जारी गरिएको उनको ट्याक्स रिटर्न अनुसार यस्तो खुलासा भएको हो । कारका कागजात केहि दिन भित्र सार्वजनिक गर्न तय गरिएको छ।

आफ्नो लगभग ४ लाख डलर तलबको अतिरिक्त लगानीबाट लगभग ११मिलियन ब्याजमा तान्दा पनि ट्रम्पले आयकर तिरेनन् । किनभने उनले आफ्नो घर जग्गा व्यवसायबाट १६ मिलियन घाटा पनि रिपोर्ट गरेका थिए । त्यो घाटाले पूर्व राष्ट्रपतिलाई २०२० को लागि लगभग ५ मिलियन माइनसमा राख्यो।

यसको मतलब उसको कुनै कर योग्य आम्दानी थिएन र उनले आयकरमा केही तिरेनन् । यी करका कागजातहरु प्रतिनिधिसभाको वेज एण्ड मीन्स कमिटीले यस हप्ता अडिट प्रणालीमा ठूला रिपोर्टहरूको भागको रूपमा प्राप्त गरेको हो ।

२०१९ मा ट्रम्पले लगानीबाट २० मिलियन आम्दानी रिपोर्ट गरेका थिए भने रियल इस्टेट घाटामा १६ मिलियनको अफसेट थियो । उनको लगानीको लाभ सन् २०१८ मा व्यापार घाटा ११ मिलियन डलर, २०१७ मा घाटा १६ मिलियन डलर र २०१५ मा ७६ मिलियन डलरभन्दा बढी घाटाले अफसेट भएको थियो।

यी सबै घाटाहरू २०१५ मा कर सम्बन्धी संयुक्त समितिले रिपोर्ट गरेको १०५ मिलियन भन्दा बढीको ठूलो घाटाबाट उत्पन्न भएका थिए । जुन आफैंमा २००९ को ७ सय मिलियन घाटाको अंश थियो।

यो ठूलो घाटालाई समावेश गरेर ट्रम्पले आफ्नो कर दायित्व वर्ष वर्षमा घटाउन सक्षम भएका थिए । जसले गर्दा उनले आईआरएसमा ठूलो करबिल तिर्न नपरेको सुनिश्चित गर्न सफल भए ।

ट्रम्पले वर्षौं र वर्षसम्म करमा केही नतिरेको र घाटा मार्फत उनी त्यसो गर्न सफल भएको ट्रम्पको करको बारेमा कांग्रेसलाई गवाही दिने अर्बन ब्रुकिङ्स कर नीति केन्द्रका कर विश्लेषक स्टीव रोसेन्थलले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com