शक्तिशाली शीतआँधीले अमेरिकामा कम्तिमा १५ जनाको मृत्यु, १६ लाख विद्युतविहिन


प्रकाशित मिति : पुस ९, २०७९ शनिबार

शीत आँधी र भारी हिमपातले बिजुलीका लाइनहरू भत्काउनुका साथै तापमान खतरनाक रूपमा कम हुँदा अमेरिकाभर कम्तीमा १५ जनाको मृत्यु भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा शनिबार अमेरिकाभर १६ लाख भन्दा बढी घर र व्यवसायहरूमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

सप्ताहन्तमा अत्याधिक चिसो हावाले अमेरिकालाई लपेट्दा शीतआँधीले मध्यपश्चिम र पूर्वका केही भागहरूमा भारी हिमपातको अवस्था र उत्तरपूर्वी तटमा बाढी पनि ल्याइरहेको छ। क्रिसमस डे को अन्त्य सम्ममा पनि स्थीतिमा सुधार आउने कुनै संकेत देखिएको छैन।

चार राज्यहरूमा बुधबारदेखि कम्तिमा १५ व्यक्तिको मृत्यु भएको छ । जसले देशको ठूलो भागमा यस हप्ता कति खतरनाक अवस्था आएको छ भन्ने देखाएको छ । कन्सासमा मौसम सम्बन्धी कार दुर्घटनामा तीन जनाको मृत्यु भएको हो भने १ जनाको मिजौरीमा मृत्यु भयो ।

न्युयोर्कको क्वीन्समा शुक्रबारको चिसोमा न्यानो कपडा लगाएर हिड्दै एक व्यक्ति ।

४ जनाको ओहायोमा भएको कार दुर्घटनामा मृत्यु भयो । दुर्घटनामा अरु केही घाइते समेत भए । टेनेसी स्वास्थ्य विभागले शुक्रबार एक जनाको आँधीसम्बन्धित मृत्युको पुष्टि गरेको छ । विसकन्सिनमा बिहीबार जाडो मौसमको कारण एक घातक दुर्घटना रिपोर्ट गरिएको छ।

न्युयोर्कको एरी काउन्टीमा शुक्रबार राति दुई जनाको मृत्यु भयो । आपतकालीन चिकित्सा कर्मचारीहरू चिकित्सा आपतकालिनका लागि समयमै उनीहरुको घरमा पुग्न नसक्दा मृत्यु भएको थियो ।

खराब मौषमका कारण उडानहरु प्रभावित भएपछि डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु ।

केन्टकीले आँधीको कारणले गर्दा तीन जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । दुईजना कार दुर्घटनामा मृत्यु भएको हो भने अर्को एक व्यक्ति लुइसभिलमा होमलेस भएका कारण चिसोले मृत्यु भएको छ । उनको शव बाहिर बाहिर फेला परेको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com