प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई: ‘नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वका लागि उदाहरण’


प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार

संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले एक विज्ञप्तीमार्फत बधाई दिएका हुन् ।

अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख गरेको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका लागि उदाहरण भएको उल्लेख गर्दै ब्लींकेनले यसको प्रशंसा गरेका छन् । साथै नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने उल्लेख गर्दै अमेरिकाले सहयोग गर्न तत्पर रहेको उनले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com