विश्वभर यसरी गरिदैछ २०२३ को स्वागत


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

अमेरिकाभन्दा केही घण्टा अगाडि सन् २०२३ आइपुगेका विश्वका देशहरूमा नयाँ वर्षको निकै उत्साहका साथ स्वागत गरिएको छ ।

सिड्नीमा नयाँ वर्ष मनाउन भेला भएका मानिसहरू।

कोरोनाको प्रतिबन्धका कारण विगत तीन वर्षदेखि विश्वका अधिकांश भागमा मानिसले नयाँ वर्ष खुल्ला रुपमा मनाउन सकेका थिएनन् । यसैले २०२३ को आगमनको व्यग्र प्रतीक्षा गरिएको छ ।

बैंककमा नयाँ वर्षको काउन्टडाउन समारोहमा एक कलाकार गीत गाउँदै।

नयाँ वर्ष पहिलो पटक प्रशान्त महासागरमा अवस्थित किरिबाटीमा आयो। त्यसको एक घण्टापछि न्युजिल्याण्डमा नयाँ वर्ष मनाइयो ।

पाकिस्तानको लाहोरमा २०२२ को अन्तिम सूर्यास्तको पृष्ठभूमिमा एक व्यक्ति गधाको गाडीमा यात्रा गर्दै।

अर्कोतर्फ, यस अवसरमा अष्ट्रेलियाको सिड्नीमा हजारौं मानिस जम्मा भएका थिए, जुन भव्य आतिशबाजीका लागि प्रसिद्ध छ ।

मुम्बईमा नयाँ वर्षको पूर्वसन्ध्यामा सूर्यास्तको बेलामा मानिसहरू भेला
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com