नयाँ वर्ष आइतबार परेपछि अमेरिकामा नयाँ बर्षको बिदा सोमबार
प्रकाशित मिति : पुस १७, २०७९ आईतबार
नयाँ वर्ष २०२३ आइतबार परेपछि अमेरिकामा नयाँ बर्षको बिदा सोमबार दिइने भएको छ । अर्थात् सोमबार पनि अमेरिकामा बैंक र सरकारी कार्यालय लगायत बन्द रहनेछन् ।
नयाँ वर्षको सप्ताहन्त बिदा शनिबार डिसेम्बर ३१ देखि सोमबार जनवरी २ सम्म कायम छ । त्यसैले सोमबार अमेरिकामा बैंक, संघीय सरकारी कार्यालयहरु, स्थानीय सरकारी कार्यालयहरुमात्र नभई कतिपय ग्रोसरी स्टोरहरु समेत बन्द रहनेछन् ।
कैयन लाइब्रेरीहरु पनि जनवरी २ मा बन्द रहनेछन् भने सरकारी विद्यालयहरु पनि जनवरी ३ मा मात्र खुल्नेछन् । तर जनवरी २ मा के के खुल्ला रहनेछन् वा के के बन्द हुनेछन् भन्ने सुनिश्चित गर्नु अगाडि तपाईले फोन गरेर बुझ्न समेत सक्नुहुनेछ ।