अमेरिकाको कोलोराडोमा नेपालीको गोली हानी हत्या गर्ने संदीग्ध नाटकीय रुपमा इन्डियानामा पक्राउ
प्रकाशित मिति : पुस २४, २०७९ आईतबार
अमेरिकाको कोलोराडोमा बिहिबार राती एकजना अश्वेत बन्दुधकारीले ५३ बर्षीय नेपाली भेषराज लामिछानेलाई गोली हानेर हत्या गरेको केहीबेरमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । राती ८ बजेतिर ९११ मा स्टोरमा भएको घटनाबारे प्रहरीले जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले हत्यारालाई भने पक्राउ गर्न सकेको थिएन ।
ह्वीटरिज कोलोराडोको कन्भिनियन्स स्टोरमा पुग्दा प्रहरीले भेषराज लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । घटनास्थलमा कुनै संदिग्ध व्यक्ति थिएन।
सदीग्धले लामिछानेलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो । भिडियोमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो । लामिछाने उक्त स्टोरका संचालक समेत हुन् ।
यद्यपी कोलोराडो प्रहरीले शुक्रबार विहानसम्म संदीग्धलाई पक्राउ गर्न सकेको थिएन । यद्यपी बी अन द लुकआउट नामको एक राष्ट्रव्यापी अर्ल सबै कानून प्रवर्तन एजेन्सीहरूलाई जारी गरिएको थियो ।
शुक्रबार विहान इन्डियानामा प्रहरीका अधिकारी टु्रपर फुल्टनले विहान १० बजेर २३ मिनेटतिर आई ६४ हाइवेनेर गस्ती गरिरहेका थिए । त्यतीबेला उनले खैरो रंगको २०१५ को निशान गाडी प्रतिघण्टा ८६ माइलको गतिमा हुइकिरहेको देखे ।
ओभर स्पीड भएका कारण फुल्टनले उक्त गाडी रोक्ने प्रयास गरेका थिए । उनलाई त्यसमा कोलोराडो हत्यामा संलग्न व्यक्ति भएको थाहा थिएन । तर चालकले उक्त गाडीको गति अझ तीब्र बनाएर पूर्वी भागतिर हुइकाएको थियो । त्यसपछि एसआर १६५ उत्तरतिर र सीआर १००० दक्षिणतिर गाडी हुइकाएको थियो । त्यतीबेला गाडीको गति प्रतिघण्टा ९० माइल रहेको थियो ।
त्यसपछि गाडी अनियन्त्रित हुन पुगेको थियो । गाडीले दक्षिणतिरबा बाटो छाडेको थियो । गाडी धेरैपटक पल्टा खाएपछि एउटा खुला चौरमा आएर रोकिएको थियो । चालक घाइते भएको थिएन भने हिराशतमा लिइएको थियो ।
इन्डियाना प्रहरीलाई यतीबेलासम्म उक्त चालक कोलोराडोमा गोली चलाएर भेषराज लामिछानेको हत्या गर्ने संदीग्ध भएकोबारे थाहा थिएन । प्रहरीले निशान गाडीको दर्ता हेर्दा गाडी कोलोराडोको ह्वीटरिजमा चोरी भएको रिपोर्ट गरिएको थियो भने चालक बिहिबारको गोलीकाण्डमा संलग्न भएको संदीग्ध रहेको थियो ।
गाडी भेषराज लामिछानेको भएको पत्ता लागेपछिमात्र इन्डियाना प्रहरीले खोज्दै जाँदा संदीग्धका बारेमा थाहा पाएको थियो ।
इन्डियाना राज्यप्रहरीले पछिमात्र उक्त व्यक्ति २६ बर्षीय शावनाथन डिएन्जेलो चान्स रहेको र कोलोराडोमा हत्याको संदीग्ध भएको थाहा पाएको जनाएको छ । आक्रमणकारी नर्थ क्यारोलिनाको भएको जनाइएको छ । इन्डियाना प्रहरीलाई प्राप्त जानकारी अनुशार संदीग्धलाई पक्राउ गरेर पोसे काउन्टी जेलमा राखिएको थियो ।
कोलोराडोका अधिकारीहरुलाई हस्तान्तरण गर्नु अगाडि उसलाई विना जमानत उक्त काउन्टी जेलमा राखिएको थियो । सुरुमा संदीग्ध शावनाथन डिएन्जेलो चान्सलाई ४ अभियोगहरु लगाइएको छ । कोलोराडोमा हत्या, इन्डियानामा प्रहरी अधिकारीको प्रतिरोध, गाडी चोरी र लापरवाही ड्राइभिङको अभियोग लगाइएको प्रहरीको भनाई छ ।
कभर फोटो : संदीग्ध आक्रमणकारी शावनाथन डिएन्जेलो चान्स/इन्डियाना स्टेट पुलिस