के तपाईं अमेरिकाको ओकल्याण्ड चिडियाखानामा लुकेको चितुवा देख्न सक्नुहुन्छ?


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

अमेरिकाको क्यालिफोर्नियामा रहेको ओकल्याण्ड चिडियाखानाले पहिले नै चिडियाखानामा रहेको भाले चितुवासँग प्रेम सम्बन्ध विकास गर्ने आशामा भर्खरै एउटा पोथी चितुवालाई चिडियाखानामा ल्याएको छ ।

तिनीहरूको नाम एम्मा र लुचा हो । तिनीहरूको प्रेम सम्बन्धको प्रगतिको अपडेट आउने क्रममा रहेको छ । यसै क्रममा चिडियाखानाले शुक्रबार ११ वर्षीय भाले चितुवा लुचाको तस्वीर सार्वजनिक गरेको छ ।

लुचा चितुवा देखिएको भन्दै चिडियाखानाले प्रश्न गरेको छ – ‘तर के तपाइँ पनि उसलाई यो तस्वीरमा देख्नुभयो ?’

कमेन्ट सेक्सनमा धेरैले लुचालाई पहिलो वा दोस्रो नजरमा देखेको दाबी गरेका छन्। तर अरूहरूका लागि यसले केही समय लिएको हुनसक्छ । किनभने तस्वीरको बीचमा एउटा ठाउँ छ जुन लुचा लुकेको जस्तो देखिन्छ।

कसै कसैले एम्मा र लुचाबीचको प्रेम सम्बन्धबारे थप सोधपुछ गर्न कमेन्ट सेक्सनको प्रयोग गरेका छन् । सबैभन्दा सम्भावित लुक्ने ठाउँ, निस्सन्देह, रूखको छेउ नै हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com