विश्वका शक्तिशाली पासपोर्ट हुनेमा एसियाका ३ देश, यूके छैठौं, अमेरिका सातौं, क्यानडा आठौं


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

लन्डनस्थित ग्लोबल नागरिकता र निवास सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सले जारी गरेको नयाँ त्रैमासिक प्रतिवेदन अनुसार तीन एशियाली देशका पासपोर्टहरुले विश्वका शक्तिशाली पासपोर्टमा आफ्नो स्थान कायम राखेका छन् । अर्थात् यी देशहरुले आफ्ना धारकहरूलाई कुनै पनि अन्य देशको तुलनामा धेरै विश्वव्यापी यात्रा स्वतन्त्रता प्रदान गर्दछन् ।

विश्वका उत्कृष्ट पासपोर्टको सुचीमा पहिलो नम्बरमा जापान रहेको छ भने दोश्रोमा सिंगापुर र साउथ कोरिया रहेका छन् । जापानी नागरिकहरूले विना भिसा वा भिसा अन अराइभल विश्वभरका सबैभन्दा धेरै १९३ गन्तव्यहरुमा जान पाउँछन् । सिंगापुर र साउथ कोरियाका नागरिकहरूले स्वतन्त्र रूपमा १९२ देश भ्रमण गर्न सक्छन्।

एशियाली शीर्ष तीन देशको तल युरोपेली देशहरू रहेका छन् । जसमा तेश्रो नम्बरमा रहेका जर्मनी र स्पेन १९० गन्तव्यमा बाँधिएका छन् भने फिनल्यान्ड, इटाली, लक्जमबर्ग १८९ गन्तव्यमा छन् । त्यसपछि १८८ देश घुम्न स्वतन्त्रता प्रदान गर्ने अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन पाँचौं स्थानमा छन् भने १८७ देश घुम्न स्वतन्त्रता प्रदान गर्ने फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र यूके छैठौंमा छन्।

बेल्जियम, नर्वे, स्विट्जरल्याण्ड र चेक गणतन्त्रसँगै न्युजिल्याण्ड र अमेरिका ७ नम्बरमा छन्। यी देशका पासपोर्टवाहकहरु १८६ देशमा विना भिसा वा अन अराइभल भिसा घुम्न सक्छन् ।

आठौंमा १८५ देश घुम्न सकिने अष्ट्रेलिया, क्यानडा, ग्रीस र माल्टाका पासपोर्ट रहेका छन् भने हंगेरी र पोल्याण्ड १८४ देशमा यात्रा स्वतन्त्रताका साथमा नवौं नम्बरमा रहेका छन् । लिथुआनिया र स्लोभाकिया दशौं नम्बरमा छन्, जसले १८३ देश घुम्ने यात्रा स्वतन्त्रता प्रदान गर्छन् ।

हेन्ले एण्ड पार्टनरको सूची वित्तीय फर्महरूले आफ्ना नागरिकहरूलाई प्रदान गर्ने पहुँचका आधारमा विश्वव्यापी राहदानीहरू क्रमबद्ध गर्नका लागि सिर्जना गरिएका धेरै सूचकांकहरू मध्ये एक हो।

हेन्ले पासपोर्ट सूचकांकले १९३ पासपोर्टहरुलाई पासपोर्टवाहक विना भिसा वा अन अराइभल भिसामा यात्रा गर्न सक्ने देशका संख्याका आधारमा १०९ वटा नम्बरमा सुचिकृत गरेको छ । कतिपय पासपोर्टहरुबाट बराबर देशको यात्रा गर्न सकिने भएकाले सुचकांक नम्बर १०९ मा सिमित भएको हो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com