निश्चित ग्रिनकार्डमा शीघ्र प्रकृयाको थप चरण घोषणा, निकट भविश्यमा विद्यार्थी भिसामा पनि


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

युएससीआईएसले रोजगारमा आधारित पहिलो र दोश्रो वर्गीकरण अन्तर्गत फारम आई १४० मा शीघ्र प्रकृयाका लागि प्रिमियम प्रोसेस विस्तारको अन्तिम चरण कार्यान्वयन गर्ने घोषणा गरेको छ । विस्तारको अघिल्लो चरणहरूमा पेन्डिङ आवेदनमा मात्र शीघ्र प्रकृया अनुरोध गर्ने अवशर दिइएकोमा यो चरणमा नयाँ आवेदनमा पनि शीघ्र प्रकृया अनुरोध गर्न सकिनेछ ।

विगतमा फाइल गरिएका र अहिले पेन्डिङ अवस्थामा रहेका बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक वा उन्नत डिग्री भएका पेशाकर्मी वा नेशनल इन्ट्रेस्ट वेभर अन्तरगतका असाधारण क्षमता भएकाहरुबाट दायर गरिएका सबै फारम आई १४० निवेदनहरूमा शीघ्र प्रकृया अनुरोध गर्न सकिनेछ । शीघ्र प्रकृयाका लागि अनुरोध गर्न चाहने निवेदकहरूले उचित शुल्क तिरेर फर्म आई ९०७ भरेर युएससीआईएसमा पठाउनुपर्छ ।

जनवरी ३०, २०२३ देखि युएससीआईएसले सबै पेन्डिङ ई १३ बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक याचिकाहरू र ई २१ नेशनल इन्ट्रेस्ट वेभर याचिकाहरूमा शीघ्र प्रकृयाको अनुरोध स्वीकार गर्नेछ । साथै नयाँ फाइल गरिने ई १३ बहुराष्ट्रिय कार्यकारी र प्रबन्धक याचिकाहरू र ई २१ नेशनल इन्ट्रेस्ट वेभर याचिकाहरूमा शीघ्र प्रकृयाको अनुरोध स्वीकार गर्नेछ ।

पहिले घोषणा गरिएझैं युएससीआईएसले दक्षता बढाउन र समग्र कानूनी अध्यागमन प्रणालीमा बोझ कम गर्ने प्रयासको एक भागको रूपमा अतिरिक्त आवेदनका प्रकारहरूमा प्रिमियम प्रोसेस विस्तार गर्ने जनाएको छ । मार्चमा वर्क परिमट पेन्डिङ रहेका ओपीटी र स्टीम ओपीटी थप्न खोज्ने सबै विद्यार्थी भिसा वाहकका लागि शिघ्र प्रकृयाको अनुरोध गर्न सक्ने सुविधा प्रदान गरिने छ भने अप्रिलमा ओपीटी र स्टीम ओपीटी थप्न खोज्ने नयाँ आवेदक रहेका विद्यार्थी भिसा वाहकलाई शघ्र प्रकृयाको अनुरोध गर्न सक्ने सुविधा प्रदान गरिने छ । फेब्रुअरीमा प्रत्येक समूहको लागि निश्चित मिति घोषणा गर्ने युएससीआईएसले जनाएको छ ।

प्रिमियम प्रोसेसको विस्तारलाई चरणबद्ध कार्यान्वयन गर्ने क्रममा निकट भविश्यमा गैर आप्रवासी भिसा थप वा परिवर्तनको आवेदन आई ५३९ मा समेत शीघ्र प्रकृया अनुरोध गर्न सक्ने व्यवस्था गर्ने युएससीआईएसले जनाएको छ । त्यसै क्रममा आगामी मे महिनामा आई ५३९ पेन्डिङ रहेका निश्चित विद्यार्थीहरु र एक्सचेन्ज भिजिटरलाई शिघ्र प्रकृयाको अनुरोध गर्न सक्ने सुविधा दिइनेछ भने जुन महिनामा नयाँ आई ५३९ फाइल गर्ने निश्चित विद्यार्थीहरु र एक्सचेन्ज भिजिटरलाई यो सुविधा दिइनेछ ।

यी चरणहरू कार्यान्वयन गर्न तयार भएपछि यसको औपचारिक घोषणा गरिने युएससीआईएसले जनाएको छ । प्रिमियम प्रोसेसको विस्तारले नियमित आवेदन प्रकृयामा लैजान ढिलो नगर्ने युएससीआईएसले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com