किन इजिप्टले आफ्ना जनतालाई कुखुराको खुट्टा खान आग्रह गरिरहेको छ?
प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार
इजिप्टको आर्थिक अवस्था यति नाजुक बनेको छ कि सरकारले मानिसहरूलाई कुखुराको खुट्टा खान आग्रह गरिरहेको छ।
अरब संसारको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्रले मुद्रा संकटमा रेकर्ड कायम गरेको छ भने पाँच वर्षमा सबैभन्दा खराब मुद्रास्फीतिको सामना गरिरहेको छ । खाना यति महँगो भएको छ कि धेरै इजिप्टवासीहरूले कुखुराको मासु किन्न सक्दैनन्।
कुखुराको मूल्य २०२१ मा प्रति किलोग्राम ३० इजिप्शियन पाउन्ड अर्थात् १ दशमलव ९ डलर रहेकोमा अहिले ७० इजिप्टियन पाउन्ड अर्थात् २ दशमलव ३६ डलर पुगेको राज्य मिडियाले जनाएको छ।
बढ्दो मूल्यबृद्धिका कारण राष्ट्रिय पोषण संस्थानले मानिसहरूलाई कुखुराको खुट्टा खान आह्वान गर्न प्रेरित गरेको हो । प्रोटिन युक्त खानाको विकल्प खोज्नेलाई कुखुराको खुट्टा र गाईवस्तुको खुर लगायतका सुची फेसबुकमा पोष्ट गर्दै त्यसो गरेमा बचत गर्न सकिने बताएको थियो ।
सरकारले नागरिकहरूलाई देशमा चरम गरिबीको प्रतीक हुने खाद्य पदार्थहरूको सहारा लिन भनेकोमा धेरै इजिप्टवासीहरू आक्रोशित छन् । इजिप्टमा कुखुराको खुट्टालाई मासुहरुमध्ये सबैभन्दा सस्तो मानिन्छ, जसलाई धेरैले खानाको सट्टा पशुको फोहोर मान्छन्।
इजिप्टियन पाउन्डको पतन र ऋणमा डुबेका कारण आफूहरु कुखुराको खुट्टा खाने युगमा प्रवेश गरेको मिडिया पर्सनालिटी मोहम्मद अल हाशिमीले ट्वीट गरेका छन् । सरकारले कुखुराको खुट्टा खान सिफारिस गरेपछि कुखुराको खुट्टाको मूल्य पनि दोब्बर भएको छ ।
इजिप्टको करिब ३० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको अधिकारीहरूले बताएका छन्। तर २०१९ मा विश्व बैंकको अनुमान अनुशार इजिप्टको ६० प्रतिशत जनसंख्या गरिब वा कमजोर छ।
इजिप्ट गत दशकमा धेरै आर्थिक संकटबाट गुज्रिएको छ, जसले यसलाई अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र खाडी अरब सहयोगीहरू जस्ता ऋणदाताहरूबाट सहायता खोज्न बाध्य पारेको छ । तर देश ऋण लिने चक्रमा फसेको विश्लेषकहरू बताउँछन्। आईएमएफका अनुसार यस वर्ष यसको ऋण यसको अर्थतन्त्रको आकारको ८५ दशमलव ६ प्रतिशत हो।
इजिप्टको असफल अर्थतन्त्रमा योगदान पुर्याउने केही कारकहरूमा अर्थतन्त्रमा सेनाको हस्तक्षेपकारी भूमिका समावेश छ जसले निजी क्षेत्रलाई कमजोर बनाउँछ । साथै अफ्रिकाको सबैभन्दा अग्लो टावर र मरुभूमिमा नयाँ राजधानी सहर जस्ता मेगा प्रोजेक्टहरूमा ठूलो रकमको विनियोजन गरिएको छ । रक्षा मन्त्रालय समेत रहने उक्त प्रोजेक्ट पेन्टागनभन्दा ठूलो छ।
इजिप्टको अर्थतन्त्रमा विगत दुई वर्षमा ठूलो झट्का लागयो । जब कोविड महामारी र युक्रेन युद्धको प्रभावले यसको विदेशी मुद्रा सञ्चिति घटाउनुका साथै इन्धनको मूल्य बढ्दा मुद्रास्फीति पनि बढ्यो।
महामारीका लगानीकर्ताहरूले सन् २०२० मा इजिप्टबाट २० बिलियन डलर फिर्ता लगे । युक्रेन युद्धको आर्थिक नतिजाले गत वर्ष उस्तै रकम देशबाट बाहिर गएको थियो ।
यी घटनाहरूले इजिप्टले आज मुद्रा संकट सामना गरिरहेको छ । इजिप्टियन पाउन्डले गत वर्षको तुलनामा लगभग आधा मूल्य गुमाएको छ । विनिमयदर अमेरिकी डलरसँग ३० इजिप्सियन पाउण्डमा पुगेको थियो, जुन यसको इतिहासमा सबैभन्दा कमजोर हो ।
इजिप्टमा निजी क्षेत्र विगत सात वर्षमा संकुचित भएको छ। किनभने इजिप्टको सेनाले ठूलो संख्यामा कम्पनीहरूको स्वामित्व र सञ्चालन गर्दछ जुन निजी उद्यमहरूले प्रतिस्पर्धा गर्न संघर्ष गर्छन्। ग्यास स्टेशनहरू र औषधिहरूदेखि मासु र दुग्ध उत्पादनहरू लगायत सैन्य स्वामित्वमा रहेका कम्पनीहरूले इजिप्टको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेका छन्।
तर ती फर्महरूले निजी कम्पनीहरू जस्तै काम गर्दैनन्, सार्वजनिक रूपमा उनीहरूको वित्तीय तथ्यांक समेत खुलासा नगरी विशेषाधिकारहरूको आनन्द लिइरहेका छन्।