अमेरिकाको मिजौरीको जेलबाट पाइपमा घस्रिएर भागेका ५ कैदी समातिए


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

यस हप्ता अमेरिकाको मिजौरीको फार्मिङ्टनमा रहेको काउन्टी जेलबाट भागेका सबै पाँच कैदीहरू पक्राउ परेका छन् । उनीहरु गत मंगलबार बेलुका ७ बजे प्लम्बिङ भेन्ट र पाइपमा घस्रिएर भाग्न सफल भएका थिए ।

पाँच कैदीहरू मध्ये एकलाई शुक्रबार मिजौरीबाटै पक्राउ गरिएको थियो भने अरु ४ जना ओहायोमा पक्राउ परेका थिए । उनीहरुको नाम केली म्याकसीन, डकोटा पेस, आरोन सेबास्टियन, लुजुआन टकर र माइकल विल्किन्स हो ।

उनीहरु भाग्ने क्रममा भवनको पाइपको पीछा गरेर सेन्ट फ्रान्कोइस काउन्टी डिटेन्सन सेन्टरको छतमा पुगेका थिए ।

पाँचजना कैदीहरूले त्यसपछि जमिनमा पुग्न सफल भएका थिए । आफ्नो सुन्तला रंगको कैदीले लगाउने जम्पसूट फ्याकेर भागेका थिए । तिनीहरू सेतो थर्मल लेगिंगहरू, सेतो बक्सर वा बास्केटबल सर्टहरू र सेतो टी शर्ट लगाएर भागेको सीसीटिभी फुटेजमा देखिएको थियो । एकजनाले भने कालो टी शर्ट लगाएर भागेको थियो ।

भागेको १५ मिनेट भित्र कैदीहरूले गाढा खैरो नजिकैको व्यवसायको पार्किङ स्थलबाट गाडी चोरेका थिए । अगाडिको लाइसेन्स प्लेट नभएको उक्त गाडीमा उनीहरु पार्किङ स्थलबाट दक्षिणतर्फ भागेका थिए ।

उनीहरु जबरजस्ती करणी मुद्दामा थुनामा रहेका थिए । भागेका पाँच कैदीलाई वारेन्ट जारी गरिएको थियो । टकर, सेबास्टियन र म्याकसिनलाई यौन अपराधका कारण काउन्टी जेलमा राखिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com