लस एन्जलसको ६६ % एसियन समुदाय बस्ने सिटीमा गोलीकाण्ड, १० को मृत्यु, १० घाइते
प्रकाशित मिति : माघ ८, २०७९ आईतबार
लस एन्जलस काउन्टी प्रहरीका अनुसार शनिबार राति क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको सामूहिक गोलीकाण्डमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने थप १० जनालाई अस्पतालमा भर्ना गरिएको छ । गोलीबारीमा संदिग्ध व्यक्ति घटनास्थलबाट भागेको र अझै फरार रहेको प्रहरीले जनाएको छ । घटना स्थानीय समय अनुशार राति १० बजेर २२ मिनेटमा भएको हो ।
लुनार नयाँ बर्ष मनाइरहेको स्थान नजिकै गोलीकाण्ड भएको हो । मोन्टेरी पार्क लस एन्जलस काउन्टीको स्यान गेब्रियल उपत्यकाको सहर हो जुन लस एन्जलसको केन्द्रबाट लगभग सात माइल टाढा पर्छ ।
Lai Lai Ballroom and Studio in Alhambra are blocked off with police tapes and detectives are seen walking in… Captain Meyer of LA Sheriff had mentioned of another event in Alhambra in relation to the Monterey Park shooting. pic.twitter.com/3KI9gKAkfg
— Jeong Park 박종찬 (journa.host/@jeongpark52) (@JeongPark52) January 22, 2023
एफबीआईको लस एन्जलस फिल्ड अफिसले लस एन्जलस काउन्टी सेरिफको डिपार्टमेन्ट होमिसाइड ब्यूरो, मोन्टेरे पार्क पुलिस र अन्य एजेन्सीहरूसँग मिलेर गोलीकाण्डको अनुसन्धान गरिरहेको छ । गोलीकाण्ड डान्स स्टुडियो भित्र भएको हो ।
गोलीबारी डाउनटाउन मोन्टेरी पार्कको वेस्ट गार्वे एभिन्यूको १०० ब्लकमा रहेको स्थानीय व्यापारमा भएको प्रहरीले बताएको थियो । पछि प्रहरीले व्यवसायलाई डान्स स्टुडियोको रूपमा पहिचान गरेको हो । गोलीबारीमा संदिग्धको उद्देश्य स्पष्ट छैन।
मोन्टेरी पार्क समुदाय झण्डै ६६ प्रतिशत एसियाली समुदाय हो । हिस्पानिक समुदाय झण्डै २८ प्रतिशत रहेको यो क्षेत्रमा श्वेत १४ र बाँकी अन्य समुदाय छन् ।
गोलीकाण्डपछि आइतवार सम्म विस्तार हुने तय भएको नयाँबर्षको कार्यक्रम अब रद्द गरिएको छ । शनिबार भएकै कार्यक्रम आइतबारपनि हुने तय थियो ।