न्युयोर्क प्रहरीका २६ बर्षीय अधिकारीले क्वीन्स पार्क नजिकै आफैलाई हाने गोली
प्रकाशित मिति : माघ ८, २०७९ आईतबार
न्युयोर्कका प्रहरीका एक २६ बर्षीय अधिकारीले क्वीन्स पार्क नजिकै आफैलाई आफैलाई गोली हानेर ज्यान लिएका छन् । उनले शुक्रबार दिउसो १२ बजे रोसेडेलको २३२ स्ट्रीट र ल्यान्सिङ एवेन्युमा कारभित्रै आफूलाई गोली हानेका थिए ।
ब्रूकभिल पार्क नजिकै रहेको घटनास्थलमा एम्बुलेन्स पुग्दा उनी मृत फेला परेका थिए । क्वीन्स निवासी ति अधिकारी चार वर्षदेखि न्युयोर्क सिटी प्रहरीमा थिए । उनले अपर म्यानहट्टन प्रिसिंक्टमा काम गर्थे ।
Today, we, as a Department, find ourselves heartbroken again with the tragic loss of one of our members.
You are never alone, help is always available. Law enforcement, text BLUE to 741741 (others, text TALK) to be connected to someone who can help 24/7. pic.twitter.com/fNVtIoyjGH
— Commissioner Sewell (@NYPDPC) January 20, 2023
कुनै विवरण पुष्टि नगरी प्रहरी कमिश्नर कीचान्त सेवेलले शुक्रबार रातिको घटनाबारे ट्वीट गरेका थिए । उनले एक सदस्यको दुखद क्षतिले भएको बताउँदै ट्विटरमा लेखेका थिए – ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न, मद्दत सधैं उपलब्ध छ।’