न्युयोर्कका मेयर एरिक आडम्सले ब्रुकलिन क्रूज टर्मिनलमा शरण खोज्ने आप्रवासीहरुसँग विताए रात


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

न्युयोर्क शहरका मेयर एरिक आडम्सले सयौं आप्रवासी र शरण खोज्नेहरुसँग ब्रुकलिन क्रूज टर्मिनलमा रात बिताएका छन् । उनले ट्विटरमा आप्रवासीहरुका लागि व्यवस्था गरिएको आवासमा आप्रवासीहरूसँगको आफ्नो भ्रमणका केही अंशहरू पोस्ट गरेका छन् । जसमा उनले त्यहाँ बसेका एक पुरुषसँग भिडियो गेम खेलेको भिडियो पनि छ ।

एक विज्ञप्तिमा आडम्सले आफै गर्न इच्छुक नभएको विषयमा कसैलाई केहि गर्नको लागि कहिल्यै नसोध्ने बताएका छन् । उनले टर्मिनलमा आप्रवासीका लागि प्रदान गरिएका सेवाहरूको प्रशंसा गरेका छन् ।

मेयर आडम्सले शुक्रबारको रात त्यहाँ विताएका हुन्, जुन अत्यन्तै चिसो रात रहेको थियो । राष्ट्रिय मौसम सेवाका अनुसार शुक्रबार बेलुकाको तापक्रम माइनस १२ डिग्री सेल्सियस अर्थात् १० डिग्री फरेनहाइटसम्म पुगेको थियो ।

तर चिसोको अनुभव भने माइनस २२ डिग्री सेल्सियस अर्थात् माइनस ८ डिग्री फरेनहाइट जत्तिकै भएको थियो । हावाको गति प्रतिघण्टा ४५ माइलसम्म भएका कारण अत्याधिक चिसो अनुभव भएको हो । त्यो रात मेयर आडम्सले शरण खोज्नेहरुसँग विताएका हुन् ।

शनिबार तापक्रम माइनस १५ डिग्री सेल्सियस अर्थँत् ६ डिग्री फरेनहाइटसम्म पुगेको थियो । तर चिसोको अनुभव भने माइनस २४ डिग्री सेल्सियस अर्थात् माइनस ११ डिग्री फरेनहाइट जत्तिकै भएको थियो ।

लङ आइल्याण्डको पूर्वी छेउ, दक्षिणी कनेक्टिकट, र तल्लो हडसन उपत्यका सहितका केही भागमा शुक्रबा साँझ ५ बजेबाट शनिबार बिहान ९ बजेसम्म अत्याधिक चिसो हावा चलेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com