ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै कागजात पठाउन युएससीआईएसको चेकलिष्ट


प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार

ग्रिनकार्ड आवेदन दिंदा मेडिकल रिपोर्टसहित सबै आवश्यक प्रमाण र कागजात पठाउन युएससीआईएसले चेकलिष्ट हेर्न आवेदकहरुलाई सुझाव दिएको छ । ग्रिनकार्ड फाइल गर्दा आवश्यक प्रारम्भिक प्रमाणहरूको चेकलिस्टको शीर्षकमा सूचीबद्ध सबै आवश्यक प्रारम्भिक प्रमाणहरू र कागजातहरू पेश गरेर समय बचत गर्न युएससीआईएसले सुझाव दिएको छ ।

चेकलिस्ट तपाईंले आफ्नो फारम तयार गर्दा प्रयोग गर्नको लागि एक वैकल्पिक उपकरण हो । यसले वैधानिक, नियामक र फारम निर्देशन आवश्यकताहरू प्रतिस्थापन भने गर्दैन।

तपाईंले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा सबै आवश्यक प्रारम्भिक प्रमाणहरू र कागजातहरू पेस गर्नाले युएससीआईएसलाई थप प्रमाण र कागजातहरू प्राप्त गर्न प्रमाणको लागि अनुरोध जारी गर्ने आरएफई पठाउने आवश्यकता नहुनसक्न युएससीआईएसले जनाएको छ । यदि चेकलिष्ट हेरेर सबै कागजात पठाएमा अन्तर्वार्ता लिनु आवश्यक नभएका आवेदकका सन्दर्भमा ग्रिनकार्डबारे निर्णयमा हुने ढिलाइबाट बच्न समेत मद्दत गर्नसक्ने युएससीआईएसको भनाई छ ।

विशेष गरी ग्रिनकार्ड फाइल गर्दा मेडिकल रिपोर्ट र खोप रेकर्ड पेश गरेर समय बचत गर्न खास सुझाव दिइएको छ । सामान्यतया सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेको मिति पछि यो रिपोर्ट दुई वर्षसम्म मान्य रहन्छ ।

थप रूपमा युएससीआईएसले डिसेम्बर ९, २०२१ देखि मार्च ३१, २०२३ सम्म ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नुअघि ६० दिनभित्रको सिभिल सर्जनको हस्ताक्षर भएको मेडिकल रिपोर्ट चाहिने आवश्यकता पनि हटाएको छ । अर्थात् मार्च ३१ सम्म ग्रिनकार्ड आवेदन दिंदा ६० दिनभित्रको हस्ताक्षर भएको मेडिकल रिपोर्ट आवश्यक पर्दैन ।

युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ को नयाँ संस्करण डिसेम्बर २३ मा प्रकाशित गरिसकेको छ । डिसेम्बर २३ वा त्यसपछि फाइल गर्नेहरुलाई नयाँ संस्करण प्रयोग गर्न सुझाव दिइएको छ । ग्रिनकार्ड आवेदनको डिसेम्बर २३ अगाडिको संस्करण पठाएमा फाइलिङ अस्वीकार गर्ने युएससीआईएसको चेतावनी छ ।

ग्रिनकार्ड आवेदन दिंदा पठाउनुपर्ने कागजातको सुची यहाँ हेर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com