क्यालिफोर्नियामा अमेरिकी एयरलाइन्सको विमान सटल बससँग ठोक्किदा ५ जना घाइते


प्रकाशित मिति : माघ २८, २०७९ शनिबार

अनुसन्धानकर्ताहरुले अमेरिकामा एक महिना भित्र तेस्रो व्यावसायिक विमान दुर्घटनाको अनुसन्धान गरिरहेका छन् । शुक्रबार राती क्यालिफोर्नियाको लस एन्जलस एयरपोर्टमा सटल बससँग विमान ठोक्किदा ५ जना व्यक्तिहरू घाइते भएका छन् ।

एक अमेरिकन एयरलाइन्सको व्यावसायिक विमान विमानस्थलमा रहेको यात्रु बससँग ठोक्किएको थियो । खाली जेटलाई गेटबाट पार्किङ क्षेत्रमा लैजाँदै गर्दा शटल बसमा ठोक्किएको थियो । बसको अगाडिको छेउमा ठोक्किएर झ्यालमा क्षति पुगेको छ ।

चार जनालाई स्थानीय अस्पतालमा लगिएको थियो भने उनीहरुको अवस्था जोखिममुक्त रहेको जनाइएको छ । एकजनालाई घटनास्थलमा नै उपचार गरिएको थियो ।

white and red passenger plane flying in the sky during daytime

अधिकारीहरूले टक्करको कारणको अनुसन्धान गरिरहेका छन् । यस्तै घटना गत महिना न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा भएको थियो भने अर्को घटना गत मंगलबार टेक्सासको अष्टिन विमानस्थलमा भएको थियो ।

अस्टिन घटनामा साउथवेस्ट एयरलाइन्सको विमान उडिरहेको बेला फेडेक्सको विमान अवतरण गर्न लाग्दा टेक्सासको अष्टिन एयरपोर्टमा दुईवटा विमान ठोक्किनबाट थोरैलेमात्र बचेको थियो ।  अस्टिन बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रकहरूले फेडेक्स कार्गो विमानलाई अवतरण गर्न क्लियर गरिएको रनवेमा साउथवेष्टको यात्रुवाहक विमानलाई उडान गर्न खाली गर्दा यो घटना भएको थियो । गल्ती पहिचान भएपछि फेडेक्स विमानले आफ्नो अवतरण रद्द गरेर उचाई लिएको थियो ।

बोइङ ७६७ कार्गो विमान अवतरणका लागि तयारी गर्दा विमानस्थलबाट निकै नजिक थियो । तर यो अवतरण हुनु अघि एक एयर ट्राफिक नियन्त्रकले साउथवेस्ट एयरलाइन्सद्वारा संचालित विमानलाई उडान भर्न अनुमति दिएपछि झण्डै दुर्घटना भएन ।

white and red passenger plane on airport during daytime

फेडेक्स विमानका पाइलटले अवतरण नगरी उचाई लिन सुरु गरेपछि ठूलो दुर्घटना हुनबाट बचेको थियो । साउथवेष्ट विमान कुनै घटना बिना उडान गर्न थियो ।  फेडेक्सको विमान पनि घटना पछि सुरक्षित रूपमा अवतरण भएको थियो ।

अस्टिन घटना न्यूयोर्कको जोन अफ केनेडी एयरपोर्टमा दुईवटा विमान एकैपटक उड्न खोज्दा ठूलो दुर्घटना हुनबाट बचेको घटनापछि भएको हो । डेल्टा एयरलाइन्सको उडानले टेकअफ सुरु गर्ने क्रममा अमेरिकन एयरलाइन्सको उडानले रनवे पार गरेको देखेपछि अचानक ब्रेक लगाउनुपरेको थियो ।

जोन अफ केनेडी विमानस्थलमा दोस्रो घटना जनवरी १५ मा भयो जब जेटब्लु उडानले विमान पार्क गर्ने क्रममा अर्को विमानलाई असर गरेको थियो । जेटब्लु उडान पार्क गरिएको खाली विमानसँग थोरै ठोक्किएको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com