अमेरिकी सेनाले खसाल्यो आकाशमा उडिरहेको कारभन्दा ठूलो चौथो बस्तु


प्रकाशित मिति : माघ २९, २०७९ आईतबार

अमेरिकी सेनाले अमेरिकी आकाशमा उडिरहेको कारभन्दा ठूलो चौथो बस्तु पनि खसालेको छ । अमेरिकी सेनाले आइतवार लेक हुरोनमा एक अज्ञात वस्तुलाई गोली हानेको हो । अमेरिका सेनाले दुई हप्ता भन्दा कममा उत्तर अमेरिकी एयरस्पेसबाट चौथो बस्तु खसालेको हो ।

अधिकारीहरूका अनुशार त्यहाँ कुनै मानवीय क्षतिको कुनै संकेत छैन । वस्तु तालमा तल झरेको छ । अधिकारीहरूले यसका भग्नावशेस पुन: प्राप्ति गर्ने आशा गरेका छन्।
आइतवारको उत्तरी अमेरिकाको आकाशमा कुनै वस्तुलाई गोली हानिएको घटना केही दिनमा तेस्रो र यो महिनाको चौथो हो।

यस अगाडि अमेरिकी सेनाले शनिबार क्यानडाको आकाशमा उडिरहेको यस्तै बस्तु खसालेको थियो । शुक्रबार अमेरिकी आकाशमा उडेको कारभन्दा ठूलो बस्तु अमेरिकी सेनाले खसालेको थियो ।

त्यसअगाडि अमेरिकी आकाशमा उडिरहेको चिनिया जासुसी बेलुन अमेरिकी सेनाले खसालेको थियो । जुन ३ वटा बसभन्दा ठूलो आकारको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com