नेभाडामा भएको मेडिकल विमान दुर्घटनामा बिरामी र परिवारका सदस्यसहित ५ जनाको मृत्यु
प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार
शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् ।
विमानमा सवार पाँच जनामा एक पाइलट, एक उडान नर्स, एक उडान प्यारामेडिक, एक बिरामी र एक बिरामीको परिवारका सदस्य थिए। विमानमा रहेका पाँच जना मध्ये कोही पनि नबाँचेनको लियोन काउन्टी फायर डिपार्टमेन्टबाट पुष्टि भएको केयर फ्लाइटले एक विज्ञप्तिमा बताएको छ ।
Care Flight, a service of REMSA Health, headquartered in Reno, Nevada and Guardian Flight, headquartered in Utah, can confirm that a PC 12 fixed wing aircraft, tail number N273SM, went off radar Friday, Feb. 24, at approximately 9:45 p.m., near Stagecoach, Nevada.
— REMSA Health (@REMSAHealth) February 25, 2023
घटना स्थानीय समय अनुशार राति सबा ९ बजे भएको थियो। लियोन काउन्टी डिस्प्याच सेन्टरले स्टेजकोचमा सम्भावित विमान दुर्घटनाको जानकारी प्राप्त भएपछि घटनास्थलमा गएको थियो । राति करिब सबा ११ बजे खोजी पछि विमान फेला परेको थियो ।
केयर फ्लाइटले पीसी १२ फिक्स्ड विङ विमान लगभग पौने १० बजे रडारबाट बाहिर गएको जनाएको छ । केयर फ्लाइटको विज्ञप्तिमा प्रहरी कार्यालय र सेन्ट्रल लियोन फायर डिपार्टमेन्टले दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा बोर्डसँग समन्वय गरिरहेको बताएको छ।
केयर फ्लाइटले कम्पनी भरका उडानहरू शनिबार बिहान उडानमा रोक लगाएको छ । उनीहरूले सेवामा फर्कन सुरक्षित छ भनेर निर्धारण नगर्दासम्म उडान रोक्ने जनाएका छन् ।