कोरोनाभाइरस प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकाको उर्जा मन्त्रालयको निष्कर्ष


प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार

person in white jacket wearing blue goggles

विश्वलाई ध्वस्त पारेको कोरोनाभाइरस सम्भवतः प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकी ऊर्जा मन्त्रालयले निष्कर्ष निकालेको छ। अमेरिकाका धेरै प्रयोगशाला र अनुसन्धान केन्द्रहरूको निरीक्षण गर्ने मन्त्रालयले कम आत्मविश्वासका साथ प्रयोगशाला चुहावट महामारीको सम्भावित उत्पत्ति भएको निचोड निकालेको छ ।

ह्वाइट हाउस र अमेरिकी संसदलाई दिइएको एक गोप्य खुफिया विश्लेषण अनुसार यस्तो निष्कर्ष निकालिएको वाल स्ट्रीट जर्नलको रिपोर्टमा खुलासा गरिएको छ । ऊर्जा मन्त्रालयको यो निष्कर्षमा एफबीआई पनि सामेल भएको छ । जबकि अन्य चार एजेन्सीहरू कोरोना भाइरस सम्भवतः प्राकृतिक प्रसारणबाट उत्पन्न भएको विश्वास गर्छन् । सीआईएसहित दुई एजेन्सी अझै ठोस निष्कर्षमा पुगेका छैनन् ।

पहिले ऊर्जा मन्त्रालय यस विषयमा अनिर्णित थियो । तर नयाँ खुफिया परिणामसँगै उर्जा मन्त्रालय फरक निष्कर्षसहित आएको हो । यद्यपि मन्त्रालयले यसको निष्कर्ष निकाल्नुको कारण एफबीआईको भन्दा फरक छ । किनभने एफबीआई मध्यम आत्मविश्वाससंग यो आफ्नो रायमा पुगेको थियो ।

Visualization of the coronavirus causing COVID-19

नयाँ खुफिया रिपोर्टको के कुराले ऊर्जा मन्त्रालयको रिपोर्टमा परिवर्तन भयो भन्ने स्पष्ट छैन । अमेरिकी एजेन्सीहरू बीचको भिन्न दृष्टिकोणको बाबजुद तिनीहरू कोभिड १९ चिनियाँ जैविक हतियार कार्यक्रमबाट भने उत्पन्न नभएको निष्कर्षमा पुगेका छन् ।

महामारीको प्रकोप पछि त्यहाँ व्यापक अनुमान गरिएको छ कि भाइरस प्रयोगशाला चुहावटबाट उत्पन्न भएको हो । भाइरस पहिलो पटक आधिकारिक रूपमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट पहिचान गरिएका कारणपनि यसबारे व्यापक चर्चा भएको थियो ।

चीनले यो भाइरस प्रयोगशाला चुहावटको परिणाम हो भन्ने कुरालाई दृढताका साथ अस्वीकार गरेको छ । चीनले विश्वमा क्रूर रोग फैलाउनको अमेरिका जिम्मेवार भएको सिद्धान्तहरू पनि सार्वजनिक गरेको छ। प्रारम्भमा प्रयोगशाला चुहावट सिद्धान्तलाई केही वैज्ञानिकहरूले षड्यन्त्र मानेका थिए तर पछि केही विश्वसनीयता प्राप्त भएको छ।

प्रारम्भिक व्याख्या अनुशार भाइरस चीनको वुहान नजिकैको मासु बजारबाट फैलिएको बताइएको थियो । यद्यपि जनावरबाट मानिसमा भाइरस सर्ने सही इतिहास बहसको विषय बनेको छ किनभने भाइरसको पुष्टि भएको जनावर स्रोत अझै फेला परेको छैन।

विज्ञहरूले भाइरस कहाँबाट आयो भन्ने बारे फरक फरक निष्कर्ष निकालेका छन्। उदाहरणका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले यो सम्भवतः प्रयोगशालाबाट आएको बतएका छन् । जबकि डाक्छर एन्थोनी फौचीले यो प्राकृतिक घटनाबाट हुने सम्भावना बढी भएको निष्कर्ष निकाले।

सन् २०१९ को नोभेम्बरपछि कोभिड १९ पहिलो पटक चीनको वुहान वरपर फैलिएको गुप्तचर रिपोर्टले निष्कर्ष निकालेको थियो । २०२० को नयाँ वर्षमा महामारी चाँडै फैलियो र अन्ततः एक मिलियन भन्दा बढी अमेरिकीहरूको मृत्यु भयो । विश्वव्यापी रूपमा ट्रिलियन डलरको आर्थिक क्षति भयो ।

यसबर्षको सुरुमा प्रतिनिधिसभामा नियन्त्रण कायम भएदेखि नै हाउस रिपब्लिकनहरू कोभिड १९ को उत्पत्तिको अनुसन्धान गर्न उत्सुक छन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com